सुर्खेत। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले सोमबार आयोजना गरेको कार्यक्रममा सुर्खेतका ऋषि वलीले आफ्नो आक्रोश पोखे। उनले भने, “यदि हामी द्वन्द्वपीडित सडकमा आएपछि मात्रै न्याय पाइन्छ भने हामी सडकमा उत्रिन तयार छौँ।” दुई दशकभन्दा बढी समयदेखि उनले यही पीडा मनमा पालेर बसेका छन्। सशस्त्र द्वन्द्वका बेला २०६० सालमा उनकी जेठी दिदी दीपालाई राज्य पक्षले बेपत्ता पारेको थियो। उनी वीरेन्द्रनगरको एक स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्थिन्। तत्कालीन द्वन्द्वरत पक्ष माओवादीसँग हिँडेको आरोपमा राज्य पक्षका सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए। केही हप्ता सैनिक नियन्त्रणमा रहेको खबर परिवारले पाए पनि त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी आउन छाड्यो। त्यसको दुई वर्षपछि विस्तृत शान्ति सम्झौता भयो। तर दीपा घर फर्किइनन्। उनको अवस्थाबारे पनि परिवारले कुनै जानकारी पाएन। २३ वर्षदेखि परिवार आफ्नै एक सदस्यबारे बेखबर छ। ऋषिका बुवाआमाको मृत्यु भइसकेको छ। दुवैले छोरीको अवस्था थाहा पाउन र न्याय माग्न पटकपटक विभिन्न निकाय धाए। तर न न्याय पाए, न छोरीको खबर नै। “राज्यले नियन्त्रणमा लिएको मेरो परिवारको सदस्य खोइ भनेर जान्ने अधिकार मलाई छ, तर मलाई कसले जानकारी दिने?” उनले प्रश्न गरे, “राज्यले पीडित परिवारलाई बोलाएर पीडा सुनाउन लगाउँछ, तर न्यायचाहिँ दिँदैन।” ऋषिका बुवाआमाको मृत्यु भइसकेको छ। दुवैले छोरीको अवस्था थाहा पाउन र न्याय माग्न पटकपटक विभिन्न निकाय धाए। तर न न्याय पाए, न छोरीको खबर नै। “बुवाले अन्तिम अवस्थासम्म दिदीको नाम लिनुहुन्थ्यो। आमा पक्षाघात भएपछि ह्वीलचेयरमा विभिन्न कार्यक्रममा पुगेर आवाज उठाउनुभयो। तर अवस्था जस्ताको तस्तै छ,” उनले भने। वीरेन्द्रनगर–६ का पूर्णप्रसाद पौडेल पनि २५ वर्षदेखि आफ्ना छोराबारे बेखबर छन्। २०५८ सालमा राज्य पक्षले नै उनका छोरालाई नियन्त्रणमा लिएको थियो। पौडेल आफैँले पनि १८ महिना हिरासतमा बसेर यातना भोग्नुपरेको थियो। एकातिर न्याय र अर्कोतिर छोराको खबर पाउने आशामै उनको बुढ्यौली बितिरहेको छ। “सुरुमा त दोषीले सजाय पाउँछन् होला भन्ने लागेको थियो। आफूलाई यातना दिने र सन्तानको हत्या गर्ने दोषीलाई कारबाही हुने अवस्था कहिल्यै बनेन,” पौडेलले भने, “मैले क्षतिपूर्ति पाउने निर्णय पनि भएको छ, तर अहिलेसम्म पाएको छैन।” इन्सेकको तथ्याङ्कअनुसार सशस्त्र द्वन्द्वका बेला कर्णाली प्रदेशबाट ९९ जना बेपत्ता भएका छन्। तीमध्ये सल्यानका २८, सुर्खेतका १४, जाजरकोटका २१, दैलेखका एक, डोल्पाका दुई, जुम्लाका पाँच, कालीकोटका २६ र मुगुका तीन जना छन्। सुर्खेतकै शान्ति ढकालको परिवारले पनि २८ वर्षदेखि घरमूलीको अवस्थाबारे जानकारी पाउन सकेको छैन। २०५५ सालमा राज्य पक्षले नियन्त्रणमा लिएका उनका श्रीमानको त्यसपछि कुनै खबर आएन। “सेनाले शव जलायो रे भन्ने सुनियो, तर त्यो सत्य हो कि होइन भन्ने यथार्थ थाहा छैन,” उनले भनिन्। राज्यले पीडितको घाउमा मलम लगाउने प्रयाससमेत नगरेको उनको गुनासो छ। उनका श्रीमान् निजामती सेवामा कार्यरत थिए। कार्यालयबाट घर फर्किने क्रममा उनलाई नियन्त्रणमा लिइएको थियो। “हामीले पाउनुपर्ने न्याय र राज्यले दिनुपर्ने क्षतिपूर्ति यति ढिला हुनु हुँदैनथ्यो,” उनले भनिन्। इन्सेकको तथ्याङ्कअनुसार सशस्त्र द्वन्द्वका बेला कर्णाली प्रदेशबाट ९९ जना बेपत्ता भएका छन्। तीमध्ये सल्यानका २८, सुर्खेतका १४, जाजरकोटका २१, दैलेखका एक, डोल्पाका दुई, जुम्लाका पाँच, कालीकोटका २६ र मुगुका तीन जना छन्। द्वन्द्वका क्रममा प्रदेशमा दुई हजार ७०५ जनाको हत्या भएको तथ्याङ्क छ। इन्सेकका अनुसार सशस्त्र द्वन्द्वका समयमा कर्णाली प्रदेशमा तीन हजार २३६ जना पीडित भएका थिए। इन्सेकद्वारा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै द्वन्द्वपीडित ऋषि वली। संक्रमणकालीन न्यायको ढाँचामै त्रुटि मध्यपश्चिम विश्वविद्यालयको द्वन्द्व तथा शान्ति अध्ययन विभागका उपप्राध्यापक ललितजंग शाही संक्रमणकालीन न्यायको प्रक्रिया सुरु गर्दादेखि नै ढाँचा गलत बनेको बताउँछन्। “२० वर्षसम्म पनि हामी सत्य र तथ्य नै खोजिरहेका छौँ। न्याय र निरूपणको बाटोमा जान सकिरहेका छैनौँ,” उनले भने, “सुरुमै गलत ढाँचा निर्माण गर्नुको परिणाम अहिले देखिएको हो।” राष्ट्रिय मानव अधिकार आयोगले दिएका प्रतिवेदन राज्यले थन्क्याएर राख्दा संक्रमणकालीन न्यायको प्रक्रियामा ढिलाइ भएको पूर्वउपप्राध्यापक तथा मानव अधिकार रक्षक सञ्जालका कर्णाली प्रदेश अध्यक्ष पिताम्बर ढकाल बताउँछन्। राज्यले प्रतिवेदन कार्यान्वयनमा तदारुकता नदेखाएको उनको टिप्पणी छ। राज्यको लापरबाहीका कारण नेपालको संक्रमणकालीन न्यायको अवस्था कम्बोडियाको जस्तै देखिएको उनले बताए। कम्बोडियामा सन् १९७५ देखि १९७९ सम्म भएको नरसंहारका पीडितलाई न्याय दिन अघि सारिएको संक्रमणकालीन न्यायको प्रक्रिया अझै पूर्ण हुन सकेको छैन। ढकालले अब न्याय निरूपणको जिम्मा राष्ट्रिय मानव अधिकार आयोगलाई नै दिनुपर्ने बताए। राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले संक्रमणकालीन न्यायका विषयमा आयोगले लामो समयदेखि घटनाको अध्ययन तथा अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न सिफारिस गर्दै आएको बताए। सुर्खेतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद राधिका रम्तेलले न्यायको प्रतीक्षा गर्दागर्दै कतिपय द्वन्द्वपीडितको मृत्यु भइसकेकाले अब ढिलाइ गर्न नहुने बताइन्। उनले द्वन्द्वपीडितका मुद्दालाई सदनमा उठाउने प्रतिबद्धता पनि जनाइन्। प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्काले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका नेताहरूले नै संक्रमणकालीन न्यायको विषयलाई कमजोर बनाएको बताए। यस विषयमा नयाँ सरकारले गर्ने प्रयासलाई प्रतिपक्षले हेरिरहेको उनले उल्लेख गरे। पीडितले न्याय पाउन अब ढिलाइ हुन नहुने उनको भनाइ छ। राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले संक्रमणकालीन न्यायका विषयमा आयोगले लामो समयदेखि घटनाको अध्ययन तथा अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न सिफारिस गर्दै आएको बताए। “द्वन्द्वका समयमा भएका घटनाका सम्बन्धमा आयोगले घटनास्थलमै पुगेर सत्यतथ्य संकलन गर्दै आएको छ। यसले पीडितलाई न्याय दिलाउने प्रक्रियामा सहयोग पुगेको छ,” उनले भने, “समस्या समाधानका लागि गठन हुने आयोगसँग पीडितको न्यायका विषयमा हामी समन्वय र सहकार्य गर्नेछौँ।”
द्वन्द्वपीडितको प्रश्न- न्याय कहिले?

Read Complete Original Article
Published originally on नेपालन्युज






