Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दोस्रो एकदिवसीय खेलमा पाकिस्तानसँग इङ्ल्यान्ड ८७ रनले पराजित

दोस्रो एकदिवसीय खेलमा पाकिस्तानसँग इङ्ल्यान्ड ८७ रनले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
दोस्रो एकदिवसीय खेलमा पाकिस्तानसँग इङ्ल्यान्ड ८७ रनले पराजित

काठमाडौं । पाकिस्तानले तीन देश सम्मिलित एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा इङ्ल्यान्डलाई ८७ रनले पराजित गरेको छ । मंगलबार भएको खेलमा पाकिस्तानले दिएको ३०३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३८.४ ओभरमा २१५ रनमै समेटिएको थियो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०२ रन बनाएको थियो । उसका हसन नवाजले सर्वाधिक ७९ रन बनाए भने अराफात मिन्हासले ५९ र फहिम अशरफले ३९ रनको योगदान दिए । ३०३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ९१ रनको साझेदारी गरेको थियो । टम ब्यान्टनले ५७ र बेन डकेटले ४५ रन बनाए । तर त्यसपछि इङ्ल्यान्डको ब्याटिङ क्रम लगातार धराशायी भयो । पाकिस्तानका अराफात मिन्हासले उत्कृष्ट बलिङ गर्दै ४० रन खर्चेर ६ विकेट लिए । हरिस राउफले दुई विकेट लिएपछि इङ्ल्यान्ड लक्ष्यसम्म पुग्न सकेन । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका मिन्हास खेलका उत्कृष्ट खेलाडी घोषित भए। यो जितसँगै पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । पाकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई ३७ रनले हराएको थियो । पाकिस्तान र इङ्ल्यान्डबीचको अर्को खेल अक्टोबर २५ मा लाहोरमा हुनेछ । The post दोस्रो एकदिवसीय खेलमा पाकिस्तानसँग इङ्ल्यान्ड ८७ रनले पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर
ताजा खबरJust now

चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर

अनिल पराजुलीहेटौँडा, कात्तिक ४ गते । बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका साथै सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानको धरोहर भ... ...

गोरखापत्र
भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति
ताजा खबरJust now

भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति

जीवितै रहेका कामतालाई मृतक भन्दै मतदाता सूचीबाट हटाइयो । दैनिक झन्डै २५० भारु ज्याला कमाएर परिवार पाल्ने गरेका कामता अहिले निर्वाचन आयोगको उक्त गल्ती सच्याउन आफ्नो काम छाडेर दिल्लीका विभिन्न कार्यालयहरू धाइरहेका छन् ...

कान्तिपुर
राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने
ताजा खबरJust now

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

विपत्ति र शोकका बीच मनाइँदै गरेको यस वर्षको दशैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। ...

हाम्राकुरा
दसैं : परम्परा, दर्शन र समकालीन जीवन
ताजा खबरJust now

दसैं : परम्परा, दर्शन र समकालीन जीवन

दसैं विगतमा भएको कुनै विजयको स्मरण मात्र होइन, वर्तमानमा पनि धर्म, विवेक र आत्मसंयमको पक्षमा उभिने संकल्प दोहोर्‍याउने अवसर हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play