Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार, अध्ययनले देखायो यस्तो फाइदा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार, अध्ययनले देखायो यस्तो फाइदा
Photo / Coverage: पर्दाफास

दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार यी दुई फल नियमित सेवन गर्दा रक्तनलीको कार्यक्षमता र रक्तचापमा सकारात्मक परिवर्तन देखिएको हो । प्रि–डायबिटिज अर्थात् मधुमेह हुनुअघिको अवस्थामा रहेका वयस्कमा गरिएको आठ हप्ते अध्ययनमा एभोकाडो र आँप खाने समूहको रक्तनलीको कार्यक्षमतामा सुधार देखिएको थियो । विशेषगरी पुरुष सहभागीको रक्तचापमा सकारात्मक परिवर्तन आएको अनुसन्धानकर्ताले बताएका छन् । अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा प्रकाशित अध्ययनमा २५ देखि ६० वर्ष उमेर समूहका ८२ जना सहभागी थिए । उनीहरू सबैमा प्रि–डायबिटिजको अवस्था थियो भने शरीरको तौल सामान्यभन्दा बढी थियो । अनुसन्धानमा सहभागीलाई दुई समूहमा विभाजन गरिएको थियो । एउटा समूहलाई दैनिक एउटा मध्यम आकारको ह्यास एभोकाडो र एक कप ताजा आँप खुवाइएको थियो । अर्को समूहलाई सोही बराबर क्यालोरी भएका कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थ दिइएको थियो । आठ हप्तापछि एभोकाडो र आँप खाने समूहको रक्तनलीको कार्यक्षमता मापन गर्ने फ्लो–मेडिएटेड डाइलेसन (एफएमडी) सूचक ६ दशमलव ७ प्रतिशत पुगेको थियो । यसको विपरीत अर्को समूहमा उक्त सूचक घटेर ४ दशमलव ६ प्रतिशतमा झरेको थियो । एफएमडीले रक्तप्रवाह बढ्दा रक्तनली कति प्रभावकारी रूपमा फैलिन सक्छ भन्ने मापन गर्छ । रक्तचापमा पनि सकारात्मक परिवर्तन देखिएको थियो । नियन्त्रण समूहका पुरुष सहभागीको केन्द्रीय रक्तचाप औसत ५ एमएमएचजीले बढ्दा एभोकाडो र आँप खाने समूहमा करिब १ दशमलव ९ एमएमएचजीले घटेको थियो । अनुसन्धानकर्ताका अनुसार रक्तनलीको कार्यक्षमता र रक्तचापमा देखिएका यी परिवर्तन मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम घटाउने दृष्टिले महत्त्वपूर्ण हुन सक्छन् । तर, अध्ययन आठ हप्तामात्र गरिएको र यसले हृदयाघात वा मस्तिष्काघातजस्ता दीर्घकालीन स्वास्थ्य परिणाम मापन नगरेकाले यसको प्रभावबारे थप अनुसन्धान आवश्यक छ । अध्ययनमा यी फल खाँदा सहभागीको शरीरको तौल वा कुल क्यालोरी सेवनमा उल्लेख्य परिवर्तन देखिएन । यसले तौल नबढाई पनि खानाको पोषण गुणस्तरमा सुधार गरेर मुटुको स्वास्थ्यलाई सहयोग पुग्न सक्ने संकेत गरेको अनुसन्धानकर्ताको भनाइ छ । एभोकाडो र आँप खाने समूहले फाइबर, भिटामिन सी र असन्तृप्त बोसो बढी सेवन गरेका थिए । यी पोषक तत्त्वले मुटुको स्वास्थ्यमा सहयोग पु¥याउन सक्छन् । एभोकाडोमा पाइने पोटासियमले रक्तचाप नियन्त्रणमा भूमिका खेल्छ भने यसको असन्तृप्त बोसोले अस्वस्थ बोसोको सट्टा प्रयोग गर्दा खराब कोलेस्ट्रोल (एलडीएल) घटाउन सहयोग गर्न सक्छ । आँपमा पाइने भिटामिन सीले शरीरका कोषलाई अक्सिडेटिभ क्षतिबाट जोगाउन मद्दत गर्छ । यसमा रहेको फाइबरले पाचन, रगतमा चिनीको मात्रा व्यवस्थापन र मुटुको स्वास्थ्यमा सहयोग पु¥याउन सक्छ । अनुसन्धानमा मिर्गौलाको कार्यक्षमतासँग सम्बन्धित केही सूचकमा पनि सुधार देखिएको थियो । तर, कोलेस्ट्रोल, रगतमा चिनीको मात्रा र शरीरमा हुने सुजनका सूचकमा भने नियन्त्रण समूहको तुलनामा उल्लेख्य फरक देखिएन । इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक तथा अध्ययनकी प्रमुख अनुसन्धानकर्ता ब्रिट बर्टन–फ्रिम्यानका अनुसार प्रि–डायबिटिज भएका व्यक्तिमा मुटुसम्बन्धी रोगको जोखिम बढी हुने भएकाले खानपानमा पोषणयुक्त फलफूल समावेश गर्नु उपयोगी हुन सक्छ । उनका अनुसार दैनिक खानामा एभोकाडो र आँपजस्ता फल थप्नु मुटुको स्वास्थ्य सुधारका लागि सहज उपाय हुन सक्छ । यद्यपि, अध्ययनले एभोकाडो र आँप सँगै खाँदा छुट्टाछुट्टै सेवन गर्नुभन्दा बढी फाइदा हुन्छ भन्ने पुष्टि गरेको छैन । अनुसन्धानमा सहभागी सीमित समूह र छोटो अवधिका कारण यसको निष्कर्ष सबै उमेर तथा स्वास्थ्य अवस्था भएका व्यक्तिमा समान रूपमा लागू हुन्छ भन्न सकिँदैन । यो अध्ययन नेसनल म्याङ्गो बोर्ड र ह्यास एभोकाडो बोर्डको आर्थिक सहयोगमा गरिएको थियो । अध्ययनको डिजाइन र निष्कर्ष निर्धारणमा ती संस्थाको भूमिका नरहेको अनुसन्धानकर्ताले जनाएका छन् । एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
OthersJust now

लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले लगानी सम्मेलनअघि नै आवश्यक कानूनी तथा नीतिगत सुधारको काम पूरा गर्ने सरकारको तयारी रहेको बताएका हुन् । उनले यसपटकको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई बोलाएर ठूला परियोजनाको सूची प्रस्तुत गर्ने र लगानीको प्रतिबद्धता ...

पर्दाफास
मध्यावधि निर्वाचनपछि पनि अमेरिकाबाट हतियार बिक्री जारी रहने ताइवानको अपेक्षा
OthersJust now

मध्यावधि निर्वाचनपछि पनि अमेरिकाबाट हतियार बिक्री जारी रहने ताइवानको अपेक्षा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बरमा ताइवानका लागि ११ अर्ब डलर बराबरको हतियार बिक्रीलाई स्वीकृति दिएका थिए । यो अहिलेसम्मकै सबैभन्दा ठूलो हतियार बिक्री सम्झौता हो । ...

अनलाइन खबर
कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति
OthersJust now

कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति

१९ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयपछि थप एउटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कान्तिपुर फर्मास्युटिकल्स कम्पनीलाई कुल ८० लाख कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । अंकित मूल्य १ सयका दरले कम्पनीले आईपीओ निष्कासन गर्नेछ । कुल निष्कासन हुने सेयरमध्ये १७ लाख कित्ता सेयर सर्वसाधारण… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play