देशव्यापी रक्तदान कार्यक्रम गर्दै कामना

काठमाडौं । कामना सेवा विकास बैंकले २०औँ वार्षिकोत्सवका अवसरमा देशभर बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकले विभिन्न क्षेत्रीय कार्यालय तथा शाखा कार्यालयमा रक्तदान कार्यक्रम गर्ने जनाएको हो । बैंकका अनुसार कोशी प्रदेशको विराटनगर, काठमाडौंको केन्द्रीय कार्यालय, मधेस प्रदेशको बर्दिबास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, बुटवल क्षेत्रको बुटवल, पश्चिम क्षेत्रको घोराही र महेन्द्रनगरमा बृहत् रक्तदान कार्यक्रम गर्न लागिएको हो । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरमा देखिएको रगत अभाव मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । बैंकले वार्षिकोत्सवका अवसरमा छैटौं अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल प्रतियोगितासमेत आयोजना गर्दैछ । कात्तिक १४ र १५ गते काठमाडौंको धन्वन्तरी फुटसल कोर्टमा हुने प्रतियोगितामा आर्थिक पत्रकारहरूको संगठन सेजन, नाफिज र इमानलगायत विभिन्न ३० वटा बैंक तथा वित्तीय संस्थाहरूका टिमहरूको सहभागिता रहने बताइएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

मौसम खुलेसंगै खचाखच पृथ्वीराजमार्ग (फोटो फिचर)
• मौसममा सुधार आएसँगै पृथ्वी राजमार्गमा सवारी साधनको चाप बढेको छ। • काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे र नौबिसे–मुग्लिन खण्डमा सवारीको ओहोरदोहोर ह्वात्तै बढेको छ। • यात्रुहरू ढुक्क भएर यात्रा गरिरहेका छन् र राजमार्ग छेउमा सवारी कुरेर बसेका यात्रुहरूको संख्या पनि धेरै छ। ...

सांग्रिला बैंकको वार्षिकोत्सवमा स्वास्थ्य शिविरदेखि विद्यार्थीलाई शैक्षिक सामग्रीसम्म
• सांग्रिला डेभलपमेन्ट बैंकले २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्यो। • बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निःशुल्क स्वास्थ्य शिविर र विद्यालयका विद्यार्थीलाई सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। • आगामी दिनमा बैंकका सेवाहरूलाई स्मार्ट र आधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। ...

अम्बे स्टिलमा आगलागी हुँदा ८ जना कामदार घाइते, २ जनालाई उपचारका लागि भारत लगियो
बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। जानकी गाउँपालिका-५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत ८ जना कामदार घाइते भएका प्रहरीले जनाएको छ। आइतबार बिहान कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमता) मा विद्युत् सर्ट भएर अचानक आगलागी भएको हो। आगल... ...

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित
बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । ...


