Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

देशभरका दुर्घटनामा आठ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशभरका दुर्घटनामा आठ जनाको मृत्यु
Photo / Coverage: नेपालन्युज

काठमाडौं।कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा लु १ ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ। यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकस्थित सडकमा सुपप्र०१–००८प ५८७७ नम्बरको मोटरसाइकल र भे१०प ९९३६ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका अभिषेक चौधरीको जिल्ला अस्पताल बर्दियामा र महेन्द्र रिजालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दैलेखको गुराँस गाउँपालिका–१ काफल तोलीस्थित सडकमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क प्र ०२–००१ च १२१५ नम्बरको बोलेरो आज बिहान दुर्घटना हुँदा चालक कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–७ बस्ने २२ वर्षीय योगेश सिंखडा र बोलेरोमा सवार सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय रने सार्कीको मृत्यु भएको छ। नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–९ बस्ने धादिङ खनियाबास गाउँपालिका–५ घर भएका ४७ वर्षीय बुद्धिमान तामाङ, मोटरसाइकलमा सवार सोही नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंमा ‘क्यूजे मोटर र्‍याली’ भव्य रूपमा सम्पन्न
Latest NewsJust now

काठमाडौंमा ‘क्यूजे मोटर र्‍याली’ भव्य रूपमा सम्पन्न

काठमाडौं । नेपालका लागि क्यूजे मोटरको आधिकारिक विक्रेता ह्याम्स मोटर्सको आयोजनामा शनिबार काठमाडौंमा एक भव्य ‘क्यूजे मोटर र्याली’ सम्पन्न भएको छ । बाइक प्रेमीहरूलाई एकै ठाउँमा जोड्न र नेपाली बजारमा भर्खरै प्रवेश गरेको विश्वप्रसिद्ध ब्रान्ड क्यूजे मोटरको बारेमा सचेतना फैलाउने उद्देश्यले आयोजित यो र्‍यालीले राजधानीका सडकमा एक विशेष रौनकता ल्याएको थियो । बिहान १० बजे टेकुस्थित क्यूजे मोटरको आधिकारिक शोरुमबाट सुरु ...

केन्द्रबिन्दु
६ सयभन्दा बढी गाईको सामूहिक पूजा
Latest NewsJust now

६ सयभन्दा बढी गाईको सामूहिक पूजा

दाङ । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीय लगायतको सहभागितामा... ...

रातोपाटी
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
Latest NewsJust now

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीए प्रस्थान गरेका छन् । सोमबार टर्किस एयरलाइन्सको उडानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीएको कोप शिखर सम्मेलन हुने सहर आन्ताल्याका लागि प्रस्थान गरेका हुन् । शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग […] ...

लोकपथ
सेलरोटी प्रतियोगितामा प्रथम भइन् कोपिला अधिकारी
Latest NewsJust now

सेलरोटी प्रतियोगितामा प्रथम भइन् कोपिला अधिकारी

काठमाडौं । नेपाली खाना र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली खाना प्रवर्द्धन अभियानले आज आयोजना गरेको ‘भोजन लिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता, २०८३’ मा कोपिला अधिकारी प्रथम भएकी छिन् । भोजनलिपिका सर्जक अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल (हाल अमेरिका) र दुर्गा खड्का (हाल आयरल्यान्ड)को पाककलामा आधारित प्रतियोगितामा अधिकारी प्रथम, कमल बुर्जा द्वितीय र सरिता गुरूङ तृतीयलाई क्रमशः रु १५ हजार, १० हजार ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play