Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

काठमाडौंमा ‘क्यूजे मोटर र्‍याली’ भव्य रूपमा सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंमा ‘क्यूजे मोटर र्‍याली’ भव्य रूपमा सम्पन्न
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालका लागि क्यूजे मोटरको आधिकारिक विक्रेता ह्याम्स मोटर्सको आयोजनामा शनिबार काठमाडौंमा एक भव्य ‘क्यूजे मोटर र्याली’ सम्पन्न भएको छ । बाइक प्रेमीहरूलाई एकै ठाउँमा जोड्न र नेपाली बजारमा भर्खरै प्रवेश गरेको विश्वप्रसिद्ध ब्रान्ड क्यूजे मोटरको बारेमा सचेतना फैलाउने उद्देश्यले आयोजित यो र्‍यालीले राजधानीका सडकमा एक विशेष रौनकता ल्याएको थियो । बिहान १० बजे टेकुस्थित क्यूजे मोटरको आधिकारिक शोरुमबाट सुरु भएको र्यालीले थापाथली, कुपण्डोल, जावलाखेल, भैँसीपाटी (भनिभन्दल), एकान्तकुना र बल्खु हुँदै कीर्तिपुरस्थित ‘के२ माइक्रो स्टप’ नजिकैको ‘टेस्ट राइड एक्टिभेसन भेन्यू’ मा पुगेर समापन गरेको थियो । र्‍यालीमा क्यूजे मोटरका विभिन्न मोडलका बाइकहरूको आकर्षक कन्भोय रहेको थियो, जसले सर्वसाधारण तथा स्थानीय राइडरहरूको ध्यान खिचेको थियो । र्‍यालीको मुख्य आकर्षण कीर्तिपुरस्थित अन्तिम गन्तव्यमा आयोजित ‘फ्री टेस्ट राइड’ कार्यक्रम थियो । त्यहाँ उपस्थित इच्छुक आगन्तुक तथा ग्राहकहरूले क्यूजे मोटरका विभिन्न मोडेलहरू जस्तै एसआरके १२५एस, एसआरके १८०एस, आरकेओ १२५पी आदिको आफैं चलाएर अनुभव लिन पाएका थिए । त्यसैगरी क्यूजे मोटर नेपालले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि ‘एसोसिएट स्पोन्सरसिप’ सम्झौता गरेकाे छ । यस सम्झौतापत्रमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र क्यूजे मोटर्सका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका थिए । यस सहकार्यले नेपाली क्रिकेटको विकास र विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । क्यूजे मोटर विश्वकै अग्रणी गिली समूहअन्तर्गतको चर्चित ब्राण्ड हो । सन् १९८५ मा स्थापित यो ब्रान्डले इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको स्वामित्व राख्छ र हार्ले–डेभिडसनसँगको उत्पादन साझेदारीमा पनि संलग्न छ । कम्पनीले सन् २०१२ देखि २०२३ सम्म लगातार ११ वर्ष चीनको २५० सिसी माथिको प्रिमियम मोटरसाइकल बजारमा शीर्ष स्थान ओगटेको छ भने मोटोजीपी र विश्व सुपरबाइक च्याम्पियनसिप (डब्लुएसबिके) जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत सहभागिता जनाउँदै आएको छ । नेपाली बजारमा ह्याम्स मोटर्सले हालै मात्र क्यूजे मोटरका चार मोडेल सार्वजनिक गरेको छ, जसको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँदेखि ९ लाख ७९ हजार रुपैयाँसम्म रहेको छ । यी मध्ये एसआरके १८०एस (१७५ सिसी, एबिएससहित) को मूल्य ४ लाख ९९ हजार ९००, एसआरके १२५एस (१२५ सिसी, लिक्विड–कुल्ड, टिएफटी डिस्प्ले) को मूल्य ३ लाख ९९ हजार ९०० र आरकेओ १२५पी (एन्टी–थेफ्ट सिस्टम र कि–लेस इग्निसन सहित) को मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ । साथै, प्रिमियम क्रुजरलाई लक्षित गर्दै २४९ सिसी इन्जिन भएको एसआरभी २५० एस पनि ९ लाख ७९ हजार रुपैयाँमा उपलब्ध छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा. वाग्ले टर्की प्रस्थान
Latest NewsJust now

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा. वाग्ले टर्की प्रस्थान

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा सहभागी हुन टर्कीतर्फ प्रस्थान गरेका छन् । शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख ‘एजेण्डा’लाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ […] ...

काठमाण्डुपाटी
काठमाडौंले चितवन राइनोजलाई दियो १८१ रनको लक्ष्य
Latest NewsJust now

काठमाडौंले चितवन राइनोजलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको हो । काठमाडौँका लागि राशिद खानले ५२ रन बनाए भने सहान अराचचिगेले ३३, विलियन बोसिस्टोले २७ रन बनाएका थिए । त्यस्तै चितवन राइनोजका रिजन ढकालले ३ विकेट लिए भने कमल सिंह ...

कर्पोरट खबर
जैन भवनमा गुञ्जियो रक सङ्गीत
Latest NewsJust now

जैन भवनमा गुञ्जियो रक सङ्गीत

विराटनगर। २० कात्तिक, शुक्रबार साँझ विराटनगरको जैन भवनमा गितारका तार गुञ्जिन थालेसँगै युवाहरूको उत्साह पनि चुलिँदै थियो। मैदानमा उभिएका हजारौँ दर्शकको ध्यान एउटै स्टेजमा केन्द्रित थियो । कोही साथीहरूसँगै गीत गुनगुनाइरहेका थिए, कोही मोबाइलमा ती क्षण कैद गर्दै थिए। केही युवा संगीतको तालमा झुमिरहेका थिए। जैन भवनको मैदानमा त्यस साँझ संगीत सुन्ने मात्र होइन, त्यसैमा रमाउनेहरूको जमघट थियो। विराटनगर-४ का २१ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play