Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

देउवाले उठाए १८ करोडको प्रसंग, भने- ‘पैसा दिएर पार्टी किन्ने ? पैसामा पार्टी बेच्दिने हामीले ?’

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवाले उठाए १८ करोडको प्रसंग, भने- ‘पैसा दिएर पार्टी किन्ने ? पैसामा पार्टी बेच्दिने हामीले ?’
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको बताएका छन् । नेपाली कांग्रेसको देउवा पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नियमित महाधिवेशनपछि मात्रै विशेष महाधिवेशनको विषय अघि बढाउन आफूले आग्रह गरेको बताए । उनले विशेष महाधिवेशनको इतिहास स्मरण गर्दै विगतमा सुवर्णशमशेर र बीपी कोइरालासमेत विशेष महाधिवेशनको पक्षमा रहेको उल्लेख गरे । उनले भने, ‘काठमाडौँ जिल्लाको जो अधिवेशन भइरहेको छ, यो अत्यन्तै महत्त्वपूर्ण छ। अब मैले नबोली हुँदैन। यो विशेष महाधिवेशनको सम्बन्धमा मैले बोल्नैपर्ने कुरा के छ भने सुरुमा विशेष महाधिवेशन भएको बेला सुवर्णशमशेर सभापति हुनुहुन्थ्यो, उहाँले गराउनुभएको हो। बीपी कोइराला सभापति नभए पनि उहाँ पनि समर्थक हुनुहुन्थ्यो विशेष महाधिवेशनमा।’ देउवाले आफू सभापति रहेका बेला पनि विशेष महाधिवेशन विस्थापन गर्न नहुने धारणा राखेको बताए । उनले गगन थापालाई नियमित महाधिवेशनपछि मात्रै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउन सुझाव दिएको उल्लेख गरे । उनले भने, ‘यस बेला सभापति म थिएँ । मैले यस विशेष महाधिवेशनलाई पनि विस्थापन गर्न हुँदैन भनेको थिएँ । मैले गगनजीलाई के भनेको थिएँ भने, हेर्नुस्, नियमित महाधिवेशन सुरु गरौँ । सल्लाहअनुसार डेट तोकेर काम अगाडि बढाउनुस् । कार्यभार सम्हाल्ने, मैले पुरै जिल्ला डेट जारी गरिदिएँ, उहाँलाई कुरा गर्नुस्, यस्तो नगरौँ भन्दाखेरि विधानको प्रक्रियाबाट महाधिवेशन सुरु भयो ।’ उनले आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको भन्दै त्यसविरुद्ध अदालतमा मुद्दा दायर गरेको बताए । उनले भने, ‘अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन। त्यसकारण हामीले अदालतमा मुद्दा हालेका हौँ। त्यसकारण जिल्ला अदालतमा मुद्दा हालेका थियौँ हामीले।’ देउवाले निर्वाचन आयोगका प्रमुखले आफ्नो ज्यानलाई खतरा रहेको विषयसमेत सार्वजनिक रूपमा बोलेको दाबी गरे । साथै उनले पार्टीसँग जोडिएको १८ करोड रुपैयाँको विषय उठाउँदै आर्थिक लेनदेनका आधारमा पार्टी किन्न खोजिएको आरोप लगाए । उनले भने, ‘इलाम सापकोटा र १८ करोड भनेको छ, १८ करोड सानो पैसा हो र त्यो । त्यो पैसा दिएर अब पार्टी किन्दियो । पैसामा पार्टी बेच्दिने अब हामीले?’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात
OthersJust now

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

२१ कात्तिक, चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङ्कङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती देशमा पठाइएको हो । स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङ्कङ पठाएको… ...

अनलाइन खबर
झिलिमिली काठमाडौंको बीचमा धपक्क त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)
OthersJust now

झिलिमिली काठमाडौंको बीचमा धपक्क त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

शनिबार साँझ ड्रोनबाट नियाल्दा उपत्यकाको दृश्य मनमोहन देखियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान झनै आकर्षक देखियो । ...

अनलाइन खबर
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
OthersJust now

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

२१ कात्तिक, काठमाडौं । साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषाका पाँच कृति आज एकैसाथ विमोचन गरिएको छ । पूर्वअर्थमन्त्री शङ्कर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन गरे । पूर्वसहसचिवसमेत रहनुभएकी श्रेष्ठका नेपाली भाषाका ‘सपनाको उडान’ कथासङ्ग्रह र… ...

अनलाइन खबर
कांग्रेसको असली ‘भिलेन’ गगन होइन, गरिबी र बेरोजगारी हो : शशांक कोइराला
OthersJust now

कांग्रेसको असली ‘भिलेन’ गगन होइन, गरिबी र बेरोजगारी हो : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकअर्कालाई ‘भिलेन’ बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गरिबी, अशिक्षा र बेरोजगारी नै पार्टीको मुख्य चुनौती रहेको बताएका छन् ।शनिबार काठमाडौँमा आयोजित नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गगन थापाप्रति लक्षित आलोचनाले उल्टै उनको चर्चा र महत्त्व बढाइरहेको टिप्पणी गरे । ‘हामीले गगन थापालाई यति धेरै महत्त्व किन दिन्छौँ ? तपाईं जति गाली ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play