Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसको असली ‘भिलेन’ गगन होइन, गरिबी र बेरोजगारी हो : शशांक कोइराला

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसको असली ‘भिलेन’ गगन होइन, गरिबी र बेरोजगारी हो : शशांक कोइराला
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकअर्कालाई ‘भिलेन’ बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गरिबी, अशिक्षा र बेरोजगारी नै पार्टीको मुख्य चुनौती रहेको बताएका छन् ।शनिबार काठमाडौँमा आयोजित नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गगन थापाप्रति लक्षित आलोचनाले उल्टै उनको चर्चा र महत्त्व बढाइरहेको टिप्पणी गरे । ‘हामीले गगन थापालाई यति धेरै महत्त्व किन दिन्छौँ ? तपाईं जति गाली गर्नुहुन्छ, उनको महत्त्व त्यति नै बढ्छ । त्यसैले उनको कुरै नगरौँ,’ उनले भने । राजनीतिमा फिल्मको हिरो र भिलेनको उदाहरण दिँदै कोइरालाले पार्टीभित्र पनि राजनीतिक भिलेन खोज्ने प्रवृत्ति देखिएको बताए । ‘फिल्ममा हिरोले भिलेनलाई मारेजस्तै हामी पनि राजनीतिक भिलेन खोजिरहेका छौँ, र त्यो पात्रका रूपमा गगन थापालाई देख्छौँ । तर त्यो हाम्रो भ्रम हो,’ उनले भने । पार्टीको वास्तविक चुनौतीबारे स्पष्ट पार्दै उनले भने, ‘हाम्रो असली भिलेन गरिबी, अशिक्षा र बेरोजगारी हो । तिनको विरुद्धमा लड्नु नै आजको आवश्यकता हो ।’ डा. कोइरालाले महाधिवेशनलाई पार्टीको भविष्य उजागर गर्ने ऐतिहासिक कडीका रूपमा व्याख्या गर्दै १५औँ महाधिवेशनलाई गम्भीरतापूर्वक लिन कार्यकर्ताहरूलाई आग्रह गरे । अधिवेशनको सफलतामा सहभागिताको ठूलो भूमिका रहने उल्लेख गर्दै उनले सुरुवाती चरणमा देखिएको उत्साहजनक उपस्थितिले अधिवेशन सफल हुने आभास दिएको बताए । राजनीतिमा ‘अरूलाई कुरूप देखाएर आफू सुन्दर बन्न नसकिने’ उनको भनाइ थियो । उनले पार्टीका कार्यक्रमहरूलाई निरन्तरता दिन र तल्लो तहदेखि नै संगठन बलियो बनाउन सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौं दोस्रो स्थानमा उक्लियो
OthersJust now

एनपीएल : लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौं दोस्रो स्थानमा उक्लियो

काठमाडौं गोर्खाज राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो स्थानमा उक्लिएको छ। तेस्रो जित निकाल्ने क्रममा काठमाडौंले साबिक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले हरायो। यो जितपछि काठमाडौंको चार खेलबाट ६ अंक पुगेको छ। लुम्बिनी भने हारपछि पनि ७ अंकका साथ शिर्ष स्थानमा कायमै छ। लुम्बिनीको पाँच खेलबाट पहिलो हार हो । काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९।३ ओभरमा १२४ ...

पर्दाफास
नेताहरूको चाकडी गरेर मात्र संगठन बलियो हुँदैन : प्रकाशमान सिंह
OthersJust now

नेताहरूको चाकडी गरेर मात्र संगठन बलियो हुँदैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संगठन विस्तारका लागि नेताको निकटताभन्दा जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य हुने बताएका छन् । काठमाडौँमा आयोजित नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको १५औँ नियमित अधिवेशनलाई सम्बोधन गर्दै उनले राजधानी केन्द्रित राजनीति गर्ने र जिल्लाको ठेक्का लिने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने स्पष्ट पारे । सिंहले संगठनको आधारस्तम्भ स्थानीय तहमा काम गर्ने कार्यकर्ता भएको उल्लेख गर्दै उनीहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड ...

पर्दाफास
काठमान्डुको लगातार तेस्रो जित, साविक विजेता लुम्बिनीको पहिलो हार
OthersJust now

काठमान्डुको लगातार तेस्रो जित, साविक विजेता लुम्बिनीको पहिलो हार

डेविड वार्नरको अर्धशतक अनी बलरहरुको सानदार प्रदर्शनमा काठमान्डुले साविक विजेता लुम्बिनीलाई ३६ रनले पराजित गर्दै यस जित लगातार तेस्रो जित हात पारेको हो । ...

अनलाइन खबर
चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात
OthersJust now

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

२१ कात्तिक, चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङ्कङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती देशमा पठाइएको हो । स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङ्कङ पठाएको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play