काठमाडौं, कात्तिक २२ । समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीका अनुसार हालसम्म ३९ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति चयन गरिएको हो । देउवा समुहले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । सो समूहले कात्तिक मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने समयसीमा तोकेको छ । सोहीअनुसार धमाधम जिल्ला अधिवेशन सम्पन्न भइरहेको चुनदेवी कार्यालयको भनाई छ । यी हुन् ३९ जिल्लाका सभापति : १. ताप्लेजुङ – अमर बहादुर सेन्दाङ२. झापा – कृष्ण हुमागाईं३. संखुवासभा – रामकुमार जिमी४. भोजपुर – धर्मराज राई५. खोटाङ – रोजेन राई६. धनुषा – कोमलकान्त झा७. बारा – राजेशराय यादव८. सिन्धुपाल्चोक – बालकृष्ण बस्नेत९. चितवन – मिलनबाबु श्रेष्ठ१०. कास्की – ऋषिराम काफ्ले११. पर्वत – यमबहादुर मल्ल (रामकृष्ण)१२. स्याङ्जा – इन्द्रबहादुर गोदार१३. म्याग्दी – हिराबहादुर पुन१४. कपिलवस्तु – राजेश सिंह१५. अर्घाखाँची – बाबुराम पौडेल१६. रोल्पा – मानबहादुर खत्री१७. प्युठान – देवेन्द्र बर्मा१८. दाङ – गोपालराज शर्मा१९. रुकुम (पश्चिम) – नन्दबहादुर विष्ट२०. सल्यान – दीपक चन्द२१. जुम्ला – नेत्रकला शाही२२. मुगु – तिलक मल्ल२३. हुम्ला – सूर्यबहादुर शाही२४. कालिकोट – नगेन्द्र विष्ट२५. दैलेख – दिनेशकुमार हमाल२६. डोटी – बाजिसिंह खड्का२७. दार्चुला – सुरेन्द्रराज अवस्थी२८. बैतडी – वीरबहादुर विष्ट२९. बझाङ – हर्कजंगबहादुर सिंह३०. उदयपुर – बसन्तकुमार बस्नेत३१. रसुवा – उपेन्द्र लम्साल३२. बाँके – प्रमोद श्रेष्ठ३३. जाजरकोट – रामजंग शाह३४. डडेलधुरा – डिल्लीराम जोशी३५. बाजुरा – धनराज पण्डित३६. काभ्रेपलाञ्चोक – रमेशप्रसाद हुमागाईं३७. गुल्मी – वेदबहादुर थापामगर३८. बर्दिया – जग्गाप्रसाद पाण्डे३९ ओखलढुंगा – डेकराज भट्टराई
देउवा कांग्रेसले सक्यो ३९ जिल्ला अधिवेशन : कुन जिल्लामा को भए सभापति ? (सूचीसहित)

Read Complete Original Article
Published originally on जनताटाइम्स






