Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, अझै दुई थुनुवा फरार

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, अझै दुई थुनुवा फरार
Photo / Coverage: पर्दाफास

डोल्पाको दुनैस्थित कारागार कार्यालयबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरू पक्राउ परेसँगै कारागारबाट फरार भएका आठ जनामध्ये ६ जना प्रहरीको नियन्त्रणमा आएका छन् भने दुई थुनुवा अझै फरार छन्। प्रहरीका अनुसार पछिल्लो पटक पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका-१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ घर भएका २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा रहेका छन्। प्रहरीले खोजतलासका क्रममा उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित रंग गाउँनजिकैको जंगलमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। पक्राउ परेका विकलाई १२ वर्ष कैद सजाय तोकिएकोमा १० वर्ष आठ महिना कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। त्यस्तै, बुढालाई पनि १२ वर्ष कैद सजाय तोकिएकोमा नौ वर्ष पाँच महिना कैद भुक्तान गर्न बाँकी छ। कारागारबाट फरार भएपछि उनीहरूको खोजीमा रहेको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार दुनै कारागारबाट फरार भएका कैदी तथा थुनुवामध्ये हालसम्म ६ जना पक्राउ परिसकेका छन्। बाँकी दुई थुनुवाको खोजी जारी राखिएको छ। कारागारबाट उनीहरू फरार भएको समय, परिस्थिति तथा घटनामा अन्य व्यक्तिको संलग्नताबारे भने पछिल्लो विवरणमा खुलाइएको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुसी आक्रमणपछि युक्रेनमा ६ लाखभन्दा बढी घरधुरी अन्धकारमा
OthersJust now

रुसी आक्रमणपछि युक्रेनमा ६ लाखभन्दा बढी घरधुरी अन्धकारमा

रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको पछिल्लो आक्रमणपछि नीप्रोपेट्रोभ्स्क क्षेत्रमा ६ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्। ...

अनलाइन खबर
बाँझो जमिनमा फूल खेतीले दिएको खुसी
OthersJust now

बाँझो जमिनमा फूल खेतीले दिएको खुसी

गाउँमा प्रशस्त बाँझो जग्गा र कृषि सम्भावना रहेकाले विदेश जानुभन्दा स्वदेशमै मेहनत गर्न सके आत्मनिर्भर बन्न सकिने महत्राको विश्वास छ । ...

अनलाइन खबर
लक्ष्मीपूजाको साँझ विद्युत् माग एक हजार ८१३ मेगावाट, ५८७ मेगावाटभन्दा बढी निर्यात
OthersJust now

लक्ष्मीपूजाको साँझ विद्युत् माग एक हजार ८१३ मेगावाट, ५८७ मेगावाटभन्दा बढी निर्यात

यस वर्षको लक्ष्मीपूजाको साँझ राष्ट्रिय विद्युत् प्रणालीमा उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा विद्युत् माग उक्त बिन्दुमा पुगेको हो। प्राधिकरणका अनुसार उच्चतम माग कायम भएको समयमा मुलुकभित्र कुल दुई हजार ४००.३० मेगावाट विद्युत् उत्पादन भइरहेको थियो। त्यसमध्ये आन्तरिक माग पूरा गरी बाँकी ५८७.३० मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यात ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play