दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा करिब १२ करोड १३ लाख रुपैयाँ गैरकानुनी लाभ लिई संस्थानलाई आर्थिक हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । ब्युरोका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूले पूर्वयोजना र मिलेमतोमा विभिन्न समूह बनाएर संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ हानि पुर्याई गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक तथा हाल संस्थानको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जीव झा, तत्कालीन सिम्ले चिस्यान केन्द्रका प्रमुख विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरी शर्मा र चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय रहेका छन् । त्यस्तै, संस्थानका कर्मचारी जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी पनि पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौं, कास्की, सर्लाही र चितवनका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिम अनुसन्धान भइरहेको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएका उनीहरूमाथि थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ । The post दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

समाचार कक्षबाट पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लङ्घन : शोभराज बराल
• पत्रकार शोभराज बरालले समाचार कक्षमा प्रवेश गरेर पक्राउ गर्नु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको बताएका छन्। • उनले प्रहरी नियन्त्रणमा पाँच घण्टा बिताएपछि रिहा भएका छन् र विभिन्न संघसंस्थालाई धन्यवाद दिएका छन्। • बरालका अनुसार, उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरीले समाचार सम्प्रेषणमा अवरोध पुर्याउने क्रममा पक्राउ गरेका थिए। ...

उपल्लो मुस्ताङमा भारी हिमपात
मुस्ताङ (मुक्तिनाथ), कात्तिक १४ गते । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिक... ...

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि कारबाही
• काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ सवारीसाधनमाथि कारबाही गरिएको छ। • तीव्र गति, मादक पदार्थ सेवन, र ट्राफिक बत्ती उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गरिएको छ। • २४ घण्टामा ११ तीव्र गति, ४० मादक पदार्थ सेवन, र अन्य २३२ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ...

रुससँगको युद्धबारे वार्ता गर्न टर्की जाँदै जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको राजकीय भ्रमण गरी आफ्ना टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँग रुससँगको युद्ध र ‘ब्ल्याक सी’को सुरक्षा स्थितिका बारेमा वार्ता गर्ने कार्यक्रम तय भएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 'इस्तानबुलमा हुने छलफलमा दुवै पक्षले टर्की र युक्रेनबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन सकिने कदमहरूका साथ... ...


