Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

दुई दिने भ्रमण सकेर भारतबाट स्वदेश फर्किए प्रधानमन्त्री बालेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई दिने भ्रमण सकेर भारतबाट स्वदेश फर्किए प्रधानमन्त्री बालेन
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भारत भ्रमण सम्पन्न गरी सोमबार अपराह्न स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन्। उनलाई विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा भारत सरकार र नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए। प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार भारत पुगेका थिए। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटवार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार तथा लगानी विस्तार, ऊर्जा सहकार्य, पारवहन तथा सम्पर्क सञ्जाल विस्तारलगायत विषयमा छलफल भएको थियो। दुवै देशका नेताले ‘विकसित भारत र समुन्नत नेपालका लागि संयुक्त दृष्टिकोण’समेत अंगीकार गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतले भोटेकोशी र त्रिशूली बाढीपछि उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ज्येष्ठ नागरिक तथा बाल हेरचाहमा सहयोग बढाउन चीनले निर्धारण गर्‍यो सन् २०३० का लक्ष्यहरू
OthersJust now

ज्येष्ठ नागरिक तथा बाल हेरचाहमा सहयोग बढाउन चीनले निर्धारण गर्‍यो सन् २०३० का लक्ष्यहरू

चीनले सन् २०३० सम्ममा ज्येष्ठ नागरिक र बालबालिकाको हेरचाह गर्ने सुविधाहरूको स्तरोन्नति गर्न नयाँ उपायहरू ल्याउने भएको छ । ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुद प्रचारप्रसारका लागि सुर्खेतमा र्‍याली
OthersJust now

१०औं राष्ट्रिय खेलकुद प्रचारप्रसारका लागि सुर्खेतमा र्‍याली

७ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि सुर्खेतमा र्‍याली गरिएको छ । राष्ट्रिय खेलकुदका खेल सुरु हुने एक दिनअघि सुर्खेतमा सांस्कृतिक झाँकीसहित र्‍याली गरिएको हो । र्‍यालीमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही, मन्त्री, सांसद, राखेप उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद् उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्दसहित… ...

अनलाइन खबर
‘सुनबुकी फूल’ मा पल र सनिषाको जोडी
OthersJust now

‘सुनबुकी फूल’ मा पल र सनिषाको जोडी

काठमाडौं । अभिनेता पल शाह तथा अभिनेत्री सनिशा भट्टराईको अभिनय रहेको गीत ‘सुनबुकी फूल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गरिमा फिल्म्सको युट्युब च्यानलमार्फत सोमबार दिउँसो भिडियो सार्वजनिक गरिएको हो । गीतमा मिलन नेवार र मार्मिक लामाको स्वर रहेको छ । गीतका शब्द राजनराज शिवाकोटी तथा गोविन्द भट्टको रहेका छन् । संगीत राजनराज शिवाकोटीको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement