Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला
Photo / Coverage: पर्दाफास

दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । यो मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि।सं। १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेवमा मन्दिरमा पनि टीका लगाइनेयसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ। २०३५ साल अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो। त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो। पछिल्लो समय पहिले जति नआए पनि यहाँ भाइटीकाका दिन भक्तजनको लाम लाग्ने गर्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धादिङमा दूध ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
OthersJust now

धादिङमा दूध ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृ*त्यु

२५ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ का ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले ट्याङ्कर र चालक नुवाकोटको बेलकोटगढी… ...

अनलाइन खबर
एनपीएलमा आज विश्राम, भोलि दुई खेल हुने
OthersJust now

एनपीएलमा आज विश्राम, भोलि दुई खेल हुने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार कुनै खेल नहुने भएको छ। प्रतियोगिताको तालिकाअनुसार आज विश्राम दिन राखिएको छ। प्रतियोगिताअन्तर्गत भोलि बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दिउँसो १२ः३० बजे भिड्नेछन्। त्यस्तै, दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ। ...

पर्दाफास
बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ
OthersJust now

बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

२५ कात्तिक, ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्कने प्रयास गरिरहेकी छन्। यसैबीच, बङ्गलादेशका प्रमुख सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले मङ्गलबार हसिना देश फर्किएमा उनलाई मृत्युदण्ड दिइने बताएका छन्। उनीसँग अब कुनै विकल्प बाँकी नरहेको इस्लामको भनाइ छ। हसिनाका वकिलहरूले हिजो अर्थात् नोभेम्बर ९ मा दिल्लीस्थित बङ्गलादेशको उच्चायोगलाई इमेल पठाएर उनका लागि नयाँ… ...

अनलाइन खबर
कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु
OthersJust now

कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु

२५ कात्तिक, धनगढी । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण गर्दा उनको गएराति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play