Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

Share:WhatsAppFacebookX (Twitter)Telegram
आधुनिकताले फेरिँदै तिहारको संस्कृति
Photo / Coverage: केन्द्रबिन्दु

डडेल्धुरा । तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ । तर पछिल्लो समय तिहार मनाउने शैलीमा आएको परिवर्तनसँगै सुदूरपश्चिमको मौलिक देउसीभैलो परम्परा पनि विस्तारै हराउँदै जान थालेको छ । आधुनिक झिलीमिली बत्ती, डिजे र नयाँ मनोरञ्जनका माध्यमप्रति बढ्दो आकर्षण तथा युवाको पलायन र बसाइँसराइले परम्परागत देउसीभैलोको रौनक घट्दै गएको स्थानीयको अनुभव छ । डडेल्धुराको आलिताल गाउँपालिका–३ की ७० वर्षीया सरस्वती भट्टलाई पुरानो तिहारको सम्झना अझै ताजै छ । उनका अनुसार पहिले तिहारमा घरको मूलढोका, आँगन, तुलसीको मठ र गोठसम्म माटाका दियो बालेर उज्यालो बनाउने चलन थियो । साँझ परेपछि गाउँभरि दियोको उज्यालो र देउसीभैलोका मौलिक भाकाले छुट्टै उत्साह थप्ने गथ्र्यो । अहिले माटाका दियोको ठाउँ झिलीमिली बत्तीले लिँदै गएको र परम्परागत भाका पनि कम सुनिन थालेको उनी बताउँछिन् । त्यस्तै, नवदुर्गा गाउँपालिका–४ की शान्ति कुँवरलाई पनि पहिलेको देउसीभैलोको सामूहिक रमाइलो सम्झना छ । साथीभाइ मिलेर समूह बनाउने, गाउँका घरघरमा पुगेर गीत गाउने र घरपरिवारले गच्छेअनुसार धान, चामल, मकै तथा दक्षिणा दिने चलन रहेको उनी बताउँछिन् । त्यसरी सङ्कलन भएको अन्न र पैसाले साथीभाइ मिलेर रमाइलो गर्ने गरिन्थ्यो । अहिले भने त्यस्तो परम्परा र सामूहिकता कम हुँदै गएको उनको भनाइ छ । स्थानीय लोक तथा देउडा गायक सुधिर जैरुका अनुसार पहिले देउसीभैलोमा स्थानीय लोकभाका, परम्परागत बाजागाजा र भट्याउने शैलीलाई विशेष महत्व दिइन्थ्यो । गीतमार्फत घरपरिवारको सुख, शान्ति, समृद्धि र उन्नतिको कामना गरिन्थ्यो । तर अहिले डिजेमा आधुनिक गीत बजाएर नाच्ने प्रवृत्ति बढ्दा मौलिक भैलोको पहिचान कमजोर बन्दै गएको उनी बताउँछन् । देउसीभैलो मनोरञ्जन र दक्षिणा सङ्कलन गर्ने माध्यममात्र नभई सामाजिक सद्भाव, आपसी सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो । यसले गाउँघरमा विभिन्न उमेर समूहका मानिसलाई एकै ठाउँमा जोड्ने काम गर्दै आएको छ । संस्कृतिका जानकार कैलासकुमार पाण्डेका समयअनुसार चाडपर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक भए पनि मौलिक परम्परा बिर्सन नहुने बताउँछन । नयाँ पुस्तालाई पुराना भाका, बाजागाजा र देउसीभैलोको सांस्कृतिक महत्वबारे जानकारी गराउँदै यसको अभ्यास र संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सैन्य हवाई अड्डामा आक्रमणको योजना बनाएको आरोपमा इरान समर्थित तीन जनामाथि अभियोग दर्ता
Latest NewsJust now

सैन्य हवाई अड्डामा आक्रमणको योजना बनाएको आरोपमा इरान समर्थित तीन जनामाथि अभियोग दर्ता

काठमाडदँ । अमेरिकाको न्याय मन्त्रालयले इरान समर्थित तीन जनामाथि बेलायतसहित अमेरिका र युरोपका विभिन्न स्थानमा शृङ्खलाबद्ध आक्रमणको योजना बनाएको आरोप लगाउँदै अभियोग दर्ता गरेको छ । अमेरिकी न्याय मन्त्रालयले उनीहरूले बेलायतको... ...

रातोपाटी
तिहारले सामाजिक सद्भाव र एकता सुदृढ बनाउँछः मुख्यमन्त्री आचार्य
Latest NewsJust now

तिहारले सामाजिक सद्भाव र एकता सुदृढ बनाउँछः मुख्यमन्त्री आचार्य

सन्तोष दहितदाङ, कात्तिक २५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना प्रगाढ बनाउँदै सामाज... ...

गोरखापत्र
उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइते
Latest NewsJust now

उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइते

उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।  मंगलबार दिउँसो त्रियुगा नगरपालिका- १३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ज ४६२१ नं. को  ईभी गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।  दुर्घटनाको खबरपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक राज कुमार खड्काको क... ...

नेपालखबर
नेतान्याहुका नीति उल्टाउने इसेनकोटको तयारी
Latest NewsJust now

नेतान्याहुका नीति उल्टाउने इसेनकोटको तयारी

इजरायल । इजरायलको नयाँ संसद्ले शपथ लिएसँगै सरकार गठनको जिम्मेवारी पाएका पूर्वसैनिक प्रमुख गदी इसेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रमुख नीतिहरू उल्टाउने तयारी गरेका छन् । उनले हमासको आक्रमणबारे सरकारी अनुसन्धान, प्रधानमन्त्रीको कार्यकालमा सीमा निर्धारण र न्यायपालिकाको अधिकार कटौती गर्ने निर्णय खारेज गर्नेलगायत विधेयक अघि सारेका छन् । इसेनकोटलाई सरकार गठनका लागि छ हप्ताको समय दिइएको छ । गठबन्धन सरकार गठनको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play