Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सुरू

Share:WhatsAppFacebookX (Twitter)Telegram
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सुरू
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो । सरकारले आफूलाई प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि कार्कीले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफ्नो कार्यकाल बाँकी रहँदै अर्को पदमा खटाएर आईजीपीबाट हटाउने सरकारको निर्णय गैरकानुनी भएको दाबी गरेका छन् । रिटमा आफूलाई हटाउने कानुनी आधार र कारण नखुलाई स्पष्टीकरण तथा सुनुवाइको अवसरसमेत नदिइएको कार्कीले उल्लेख गरेका छन् । उनले सरकारको निर्णयलाई परोक्ष रूपमा पदमुक्त गर्ने बदनियतपूर्ण कार्य भन्दै आफूलाई पूर्ववत् प्रहरी महानिरीक्षक पदमा कायम राख्न माग गरेका छन् । मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । The post दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सुरू appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्प र सीसँगको त्रिपक्षीय भेटबाट ठूलो लाभ हुने पुटिनको अपेक्षा
Latest NewsJust now

ट्रम्प र सीसँगको त्रिपक्षीय भेटबाट ठूलो लाभ हुने पुटिनको अपेक्षा

सेन्जेन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय भेटवार्ताबाट ठुलो लाभ प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन् । बुधबार चीनको दक्षिणी सहर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play