Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

दाङका किसान आलु रोप्न व्यस्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
दाङका किसान आलु रोप्न व्यस्त
Photo / Coverage: नेपालन्युज

दाङ। दाङमा किसान व्यावसायिक तथा घरायसी आलुखेतीमा व्यस्त छन् । राप्ती गाउँपालिका–२ कटाहाका किसान दिलबहादुर चौधरीका अनुसार अहिले रोपिएको आलु आगामी पुससम्म फलिसक्छ । स्थानीय बजारमा आलुको निकै माग हुने गरेको उनले बताए । “बजारमा आलुको माग निकै छ”, उहाँले भन्नुभयो, “त्यसैले हामी अहिले आलु उत्पादनमा लागेका छौँ ।” आलुखेतीमा समयको व्यवस्थापन र मलजलको प्रयोगले उत्पादनमा ठुलो फरक पार्ने स्थानीय किसान श्यामेस चौधरीले बताए । मौसम अनुकूल रहेमा र आवश्यक स्याहार पुगेमा उलेख्य उत्पादन लिन सकिने उनले बताए । “राम्रो स्याहार पाएमा एउटै बोटबाट एक किलोसम्म आम्दानी लिन सकिन्छ, कुनैमा अझ बढी पनि हुन्छ”, उनले भने, “आलु रोपेपछि समयसमयमा मलजल राख्ने, गोडमेल गर्ने र आवश्यक परे किरा तथा रोगबाट बचाउन औषधिमुलो छर्किनुपर्छ ।” आलु उत्पादनको पकेट क्षेत्रका रूपमा परिचित सो क्षेत्रका अधिकांश किसान व्यावसायिक रूपमा लागेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
Latest NewsJust now

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज ठूलो गोलभेडा (नेपाली र भारतीय दुवै) को... ...

रातोपाटी
माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो
Latest NewsJust now

माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलाएको छ । आयोगले मंगलबार एक सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट मंसिर ७ गतेदेखि अनलाइन दरखास्त... ...

रातोपाटी
नयाँ सञ्चार विधेयकविरुद्ध चेक गणतन्त्रमा विशाल प्रदर्शन
Latest NewsJust now

नयाँ सञ्चार विधेयकविरुद्ध चेक गणतन्त्रमा विशाल प्रदर्शन

प्राग । सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले ल्याएको योजनाले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्न सक्ने भन्दै प्रदर्शनकारीले विरोध गरेका हुन् । विधेयक संसद्बाट अघि बढाउने क्रममा विपक्षीको बोल्ने समय सीमित गरी बिहान ४ : ३६ बजे मतदान ...

केन्द्रबिन्दु
एमालेको स्थायी कमिटी बैठक आज बस्दै
Latest NewsJust now

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ । राष्ट्रिय भेलामा प्रस्तुत गरिने विषयवस्तुमाथि आवश्यक सुझाव र छलफल गर्न अध्यक्ष केपीशर्मा ओलीले बैठक बोलाएका हुन् । भेलालगत्तै ४ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play