दसैंपछि सुन–चाँदीको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । एक सातापछि खुलेको बजारमा सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घटेको छ । दसैँपछि आइतबार खुलेको बजारमा सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्दै २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको हो । अघिल्लो साता अर्थात् ११ असोज शनिबारका दिन सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १९५ रुपैयाँले घट्दै ३ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो साताको शनिबार चाँदी ४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । The post दसैंपछि सुन–चाँदीको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ कारोबार ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप (तस्बिरहरू)
काठमाडौँ । दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढेको छ। दसैँ मनाउन घर गएकाहरू काठमाडौँ फर्किँदा राजमार्गमा सवारी चाप बढेको हो । राजमार्गमा चहलपहल बढेसँगै सिन्धुलीका पर्यटकीय स्थलहरू सिन्धुलीगढी र... ...

कहाँ-कहाँ भए दुर्घटना, जसमा १० जनाले गुमाए ज्यान ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका सात जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुर, उदयपुर, सप्तरी, सर्लाही, रौतहट, ललितपुर र बाँकेमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल, स्कुटर, कार, विद्युतीय गाडी (ईभी), ट्रक र ई–रिक्सा संलग्न थिए । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित एचआईडी […] ...

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
दाङ । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन् । पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका... ...

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
काठमाडौँ, कात्तिक ८ गते । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अ... ...


