Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँमा सशस्त्र प्रहरीको बससेवा: दुई दिनमा एक हजारभन्दा बढीले लिए निःशुल्क बस सेवा

दसैँमा सशस्त्र प्रहरीको बससेवा: दुई दिनमा एक हजारभन्दा बढीले लिए निःशुल्क बस सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँमा सशस्त्र प्रहरीको बससेवा: दुई दिनमा एक हजारभन्दा बढीले लिए निःशुल्क बस सेवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले दसैँका लागि लक्षित गरी काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् । सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएका छन् । उनका अनुसार सुरुमा तीन दिनका लागि निःशुल्क सुरु गरिएको उक्त सेवा आवश्यकताका अनुसार थप एक दिन थप गर्न सकिनेछ । सशस्त्रले काठमाडौं उपत्यकाभित्र सर्वसाधारणका लागि सोमबारदेखि २ वटा निःशुल्क बस सञ्चालन गरिरहेको छ । यो सेवा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन भइरहेको छ । उपत्यकामा सञ्चालित बसमध्ये एउटा बस कलंकीदेखि बल्खु हुँदै कोटेश्वरसम्म तथा अर्कोबस बालाजु र नयाँ बसपार्क हुँदै चक्रपथमा सञ्चालन भइरहेको छ । सशस्त्र प्रहरीले दसैँ तथा तिहारको अवसरमा यात्रुको यात्रालाई सहज बनाउन उपत्यका बाहिर सशस्त्र प्रहरी परिवारसहित अन्यका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको जनाएको छ। दसैँको घटस्थापनादेखि पूर्णिमासम्म तथा तिहारको अवधिभर काठमाडौंबाट झापाको काँकरभिट्टा र कञ्चनपुरको गड्डाचौकीसम्म दैनिक दुई वटा बस बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी र उनीहरुका परिवार तथा अन्यका लागि निःशुल्क सञ्चालन भइरहेको जनाइएको छ । दसैँको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने उद्देश्यले यो सशस्त्र प्रहरी बल, नेपाले यो सेवा सञ्चालन गरेको हो । The post दसैँमा सशस्त्र प्रहरीको बससेवा: दुई दिनमा एक हजारभन्दा बढीले लिए निःशुल्क बस सेवा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’
ताजा खबरJust now

[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’

पासाङ ल्हामु शेर्पाबाट प्रेरित ल्हाक्पा शेर्पा सगरमाथा चढ्ने दोस्रो नेपाली महिला बनिन् । उनले आफ्नै कीर्तिमान तोड्दै ११ पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छन् । ...

कान्तिपुर
परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो
ताजा खबरJust now

परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो

परदेशी भूमिमा गमिरहेछु- पहिले सामान्य लाग्ने पारिवारिक भेटघाट, आमाको हातले पकाएको खाना, बुबासँग बसेर गरिने कुराकानी र घरआँगनमा सुनिने हाँसोको मूल्य टाढा पुगेपछि मात्र गहिरोसँग महसुस हुँदो रहेछ। ...

कान्तिपुर
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान
ताजा खबरJust now

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न... ...

रातोपाटी
कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?
ताजा खबरJust now

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?

न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play