दसैँ मनाउन गाउँ फर्किने बढे, काठमाडौंका सडकमा सवारी चाप घट्दै

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका नागरिक दसैँ मनाउन आफ्नो घर फर्किन थालेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै गएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म ४ लाख २३ हजार ६६४ जना यात्रुले उपत्यका छाडेका छन् । विशेषगरी असोज २५ गतेदेखि ३० गतेसम्मको अवधिमा घर फर्किने यात्रुको सङ्ख्या उल्लेख्य रूपमा बढेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार असोज २५ गते ५२ हजार ८२७ जनाले उपत्यका छाडेका थिए । त्यस्तै, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० जना यात्रु राजधानीबाट बाहिरिएका छन् । दसैँका लागि उपत्यका छाड्ने यात्रुको चाप बढेसँगै राजधानीभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा यात्रुको चाप कम हुन थालेको छ । सामान्य अवस्थामा व्यस्त रहने सडकमा समेत सवारी आवागमन केही सहज बन्दै गएको छ । मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सवारीसाधनका लागि रुट परमिट खुला गरिएपछि स्थानीय रुटमा चल्ने कतिपय सवारीसाधनसमेत यात्रु लिएर उपत्यकाबाहिर जान थालेका छन् । रिजर्भमा यात्रु ओसार्ने क्रम बढ्दा दसैँमा घर फर्किने नागरिकलाई गन्तव्यसम्म पुग्न थप सहज हुने अपेक्षा गरिएको छ । दसैँ मनाउन राजधानीबाट बाहिरिने यात्रुको सङ्ख्या बढेसँगै उपत्यकाको जनघनत्व र सवारी चापमा समेत कमी आउन थालेको छ । चाडपर्वका बेला गाउँघर फर्किने क्रमले राजधानीको व्यस्त दैनिकी केही शान्त बन्ने गरेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणा भन्छिन्- 'म आफैंले पाठ पनि गर्छु । गुरु राखेर पूजा पनि हुन्छ । १८ वर्षदेखि दसैंमा यही नित्यकर्म गर्दै आएकी छु ।' ...

वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण
काठमाडौं । इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन्। अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छन्। उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उनलाई लात्ती र फलामको बारले प्रहार ...

खोइँछ भर्न जनकपुरको राजदेवी मन्दिरमा महिलाको घुइँचो
जनकपुरधाम । दसैँको महाअष्टमीका अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा दुर्गा माताको खोइँछ भर्न हजारौँ महिलाको घुइँचो लागेको छ। सन्तानको दीर्घायु, पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै महिलाहरू बिहानैदेखि विभिन्न शक्तिपीठमा... ...

बुटवलमा दसैं, अर्घाखाँचीमा घुमघाम : चन्द्र टण्डन
सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक टण्डनले यसपालि दसैं बिदामा विदेश घुम्ने योजना बनाएनन् । मुलुकलाई परेको पीडा भुलाउन र रीति तथा परम्परा जोगाउन दसैंलगायत चाडपर्व मनाउनुपर्ने बताए । ...


