दसैँ मनाउँन ४ लाख २३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिए

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौं उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार नयाँबस पार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशाला लगायतका स्थानबाट घटस्थापनादेखि हालसम्म ४ लाख २३ हजार ६६४ यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । उनका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० यात्रु काठमाडौंबाट बाहिरिएका छन् । काठमाडौंबाट दसैँ मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरीएका हुन् । दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीले बस व्यवस्थापन गरिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोको कारण केही समस्या भए पनि सम्बन्धित निकायसँगको सहयोगमा बसको व्यवस्थापन गरिरहेको बताए । महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ । The post दसैँ मनाउँन ४ लाख २३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिए appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

प्रवासमा भए पनि देश दुख्दा मन नेपालमै हुन्छ
जन्मभूमिबाट टाढा भए पनि नेपालको माया कहिल्यै टाढा भएको छैन । नेपालमा नदी उर्लिंदा परदेशमा मन अशान्त हुन्छ । गाउँमा पहिरो जाँदा आफ्नै आँगन उजाडिएझैं लाग्छ । अपरिचित नेपालीको आँखामा आँसु देख्दा आफ्नै परिवारको सदस्य रोइरहेको अनुभूति हुन्छ । ...
![[अर्काइभ] किन गठन गरिएको थियो सशस्त्र प्रहरी बल ?](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/arm-police-17102026071210-watermarked.png)
[अर्काइभ] किन गठन गरिएको थियो सशस्त्र प्रहरी बल ?
माओवादी सशस्त्र आन्दोलन नियन्त्रण गर्न छुट्टै सुरक्षा बल गठनको तयारी भइरहेका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रहरीमाथि नै माओवादीलाई हतियार तस्करीमा सघाएको आरोप लगाएका थिए । ...

९ खेलाडीमा समेटिएको ब्रेन्टफर्डमाथि लिभरपुलको पुनरागमन जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफर्डमाथि २-१ गोलको पुनरागमन जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता भने घरेलु टोली ब्रेन्टफर्डले लिएको थियो । पहिलो हाफको ४४... ...

भोटेकोशी बाढीपछि ७७७ विद्यार्थी विस्थापित
बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संरक्षण र हेरचाह गर्न बाल अधिकार परिषद् र एसओएस बालग्राम नेपालबीच समझदारी भएको छ । ...


