सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गतका खेल मंगलबारदेखि सुरु हुँदैछन् भने औपचारिक उद्घाटन मंसिर १६ गते प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुहुने कार्यक्रम तय भएको छ । सोमबार सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । औपचारिक उद्घाटन हुनुभन्दा आठ दिनअघि नै विभिन्न ६ खेलका प्रतिस्पर्धा सुरु हुन लागेका हुन् । खेल सञ्चालनका लागि आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित खेलाडीहरू बन्द प्रशिक्षणमा जुटिरहेका छन् । सीमित स्रोतसाधन र पूर्वाधारका बाबजुद उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा रहेका खेलाडीले यसपटक दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य राखेका छन् । राष्ट्रियस्तरका प्रतिस्पर्धीलाई चुनौती दिन खेलाडीहरू शारीरिक अभ्याससँगै खेल कौशल निखार्न व्यस्त छन् । यद्यपि, आवश्यक खेल सामग्री, प्रशिक्षण र पूर्वाधारको अभावले तयारी सहज नभएको उनीहरूको अनुभव छ । प्रतियोगिताका खेल सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालासहित बाँके र बर्दियामा सञ्चालन हुनेछन् । बाँकेको नेपालगञ्जमा पौडी तथा बर्दियामा टेनिस प्रतियोगिता आयोजना गरिनेछ । सुर्खेतमा फुटबल, महिला तथा पुरुष क्रिकेट र महिला बास्केटबललगायत खेलका प्रतिस्पर्धा हुनेछन् । दशौं राष्ट्रिय खेलकुदका कुल ३२ खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुनेछन् । तीमध्ये २३ खेल सुर्खेतमा आयोजना गरिनेछ । कर्णालीका दैलेख, कालीकोट, सल्यान र पश्चिम रुकुम तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा पनि विभिन्न खेल सञ्चालन हुनेछन् । आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुहुनेछ । उद्घाटनअघि सुरु भएका खेलका प्रतिस्पर्धा त्यसअघि नै सम्पन्न गर्ने गरी तालिका तयार पारिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । मंसिर २७ गते प्रतियोगिताको समापन गर्ने कार्यक्रम
दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, मंसिर १६ गते प्रधानमन्त्रीले उद्घाटन गर्ने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






