Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन्। औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि केही खेल भने आजदेखि नै सुरु हुन लागेका हुन्। आजदेखि पाँच खेलमा प्रतिस्पर्धा सुरू हुनेछ। जसमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको तालिकाअनुसार कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमै केन्द्रित हुनेछन्। प्रतियोगिताको सबै तयारी पूरा भइसकेको छ। विभिन्न प्रतियोगितामा सहभागी खेलाडी सुर्खेत पुगिसकेका छन्। बाँकी नौ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र रुकुम पश्चिम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने छ। दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने छन्। प्रतियोगिताका ३८४ इभेन्ट्समा कूल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ। यही मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मङ्सिर २७ गते समापन हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रूख कांग्रेसको चुनाव चिह्न हो कि नेताहरूको सम्पत्ति ?
Latest NewsJust now

रूख कांग्रेसको चुनाव चिह्न हो कि नेताहरूको सम्पत्ति ?

राजनीतिक दल लोकतन्त्रका संवाहक हुन् । दलभित्र विचारको प्रतिस्पर्धा, नेतृत्वको बहस, नीतिगत मतभिन्नता र आन्तरिक निर्वाचन हुनु लोकतान्त्रिक अभ्यासका स्वाभाविक पक्ष हुन् । तर एउटा दलभित्रको विवादले संस्थागत अस्तित्व नै... ...

रातोपाटी
युरोपबाहिर फैलिँदै रुस–युक्रेन युद्ध
Latest NewsJust now

युरोपबाहिर फैलिँदै रुस–युक्रेन युद्ध

काठमाडौँ । युक्रेनले लिबियाको बन्दरगाहमा रहेको रुसी युद्धपोत ड्रोन आक्रमणबाट डुबाएको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार गरिएको आक्रमणमा रुसी नौसेनाको कार्वेट युद्धपोत मर्कुरी ध्वस्त भएको बताएका हुन्... ...

रातोपाटी
विपद् प्रभावित क्षेत्रका लागि बागमती सरकारले ६ अर्ब परिचालन गर्ने
Latest NewsJust now

विपद् प्रभावित क्षेत्रका लागि बागमती सरकारले ६ अर्ब परिचालन गर्ने

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण गर्न प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने बताएका छन् । बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको भोटेकोशी बाढीपश्चात् पुनर्निर्माण र पुनःस्थापनाका क्षेत्रमा हालसम्म भएका कार्य, आगामी कार्ययोजनासम्बन्धी समन्वय बैठकमा उनले बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना, पुनर्निर्माण र प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकतामा राखेर ...

केन्द्रबिन्दु
अन्नपूर्ण प्रथमः साहसिक पदयात्रा र प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
Latest NewsJust now

अन्नपूर्ण प्रथमः साहसिक पदयात्रा र प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी, मङ्सिर ८ गते । हिमालको नजिक पुग्ने साहसिक यात्रा, चारैतिर देखिने सेताम्मे हिमश्रृङ्खला र मनै लोभ्याउने प्राकृतिक सुन्दरताले अन्नपूर्ण प्रथम क्षेत्रको प... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement