Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

विपद् प्रभावित क्षेत्रका लागि बागमती सरकारले ६ अर्ब परिचालन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् प्रभावित क्षेत्रका लागि बागमती सरकारले ६ अर्ब परिचालन गर्ने
Photo / Coverage: केन्द्रबिन्दु

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण गर्न प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने बताएका छन् । बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको भोटेकोशी बाढीपश्चात् पुनर्निर्माण र पुनःस्थापनाका क्षेत्रमा हालसम्म भएका कार्य, आगामी कार्ययोजनासम्बन्धी समन्वय बैठकमा उनले बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना, पुनर्निर्माण र प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकतामा राखेर काम गरिने जानकारी दिए । उनले भने, “विभिन्न क्षेत्रका योजना कटौती गरी विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ । विपद् कोषमा रहेको १० करोड पाँच लाख तत्कालै खर्च हुने अवस्था आएपछि चालु बजेटमा रहेका कम प्राथमिकताका विकास योजना कटौती गरी प्रत्येक मन्त्रालयबाट १० देखि २० प्रतिशतसम्म बजेट व्यवस्थापन गरेको छ ।” मुख्यमन्त्री थापा मगरले सडक, पुल, बस्ती व्यवस्थापन, व्यवसाय पुनःस्थापना तथा अन्य प्रभावित संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने विश्वास दिलाए । गत भदौ १० गतेको बाढीपछि प्रदेश सरकारले तत्कालै विपद् परिषद्को बैठक बसेर खोज, उद्दार, उपचार, राहत वितरण तथा वैकल्पिक सडक सञ्चालनका काम सुरु गरेको मुख्यमन्त्रीले स्मरण गरे । उनले प्रभावित नागरिकका माग र आवश्यकताका आधारमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर योजनाबद्ध रूपमा बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच एउटै लक्ष्य र योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री थापा मगरले तीनै तहका सरकार छुट्टाछुट्टै ढङ्गले अघि बढ्दा अपेक्षित परिणाम हासिल गर्न नसकिने बताए । प्रभावित नागरिकको पीडा प्रदेश सरकारले गम्भीरतापूर्वक महसुस गरेको उल्लेख गर्दै उनले स्थानीय जनप्रतिनिधिले सीमित स्रोतसाधनका बाबजुद उद्दार, राहत तथा व्यवस्थापनमा पु¥याएको योगदानको प्रशंसा गरे । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले वास्तविक समस्यामा आधारित रही समस्या सम्बोधन हुने ढङ्गले व्यवस्थापन गरिनुपर्छ गर्नुपर्ने आवश्यकता औंल्याए । उनले विपद्सम्बन्धी समयमा काम गर्न सकिएन भने स्थानीय निर्वाचनका कारण पुनर्निर्माण र पुनःस्थापनाका समस्या ओझेलमा पर्न सक्ने भएकाले बजेटबाट के–के काम गर्न सकिन्छ भनी ध्यान पु¥याउन आवश्यक रहेको बताए । प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सरल सहयात्री पौडेलले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन परम्परागत कार्यान्वयन प्रणालीभन्दा फरक र परिणाममुखी मोडेल अपनाउनुपर्नेमा जोड दिए । उनले पुनःस्थापनालाई मुख्यतः मानवीय सहायता, रोजगारी तथा जीविकोपार्जन, भौतिक पूर्वाधार र बस्ती व्यवस्थापनका क्षेत्रमा केन्द्रीत गर्नुपर्ने बताए । मन्त्री पौडेलको विपद्का कारण परिवारका सदस्य गुमाएका, व्यवसाय गुमाएका तथा आर्थिक रूपमा कमजोर बनेका नागरिकलाई लक्षित गरी मनोसामाजिक सहयोग, सिपमूलक तालिम र रोजगारीका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव थियो । प्रदेशसभा सदस्यहरु प्रभात तामाङ र रमेशकुमार महत तथा रसुवा र नुवाकोटका स्थानीय तहका प्रमुख उपप्रमुख, वडाअध्यक्ष लगायतले स्थानीय समस्याबारे जानकारी गराए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रूख कांग्रेसको चुनाव चिह्न हो कि नेताहरूको सम्पत्ति ?
Latest NewsJust now

रूख कांग्रेसको चुनाव चिह्न हो कि नेताहरूको सम्पत्ति ?

राजनीतिक दल लोकतन्त्रका संवाहक हुन् । दलभित्र विचारको प्रतिस्पर्धा, नेतृत्वको बहस, नीतिगत मतभिन्नता र आन्तरिक निर्वाचन हुनु लोकतान्त्रिक अभ्यासका स्वाभाविक पक्ष हुन् । तर एउटा दलभित्रको विवादले संस्थागत अस्तित्व नै... ...

रातोपाटी
युरोपबाहिर फैलिँदै रुस–युक्रेन युद्ध
Latest NewsJust now

युरोपबाहिर फैलिँदै रुस–युक्रेन युद्ध

काठमाडौँ । युक्रेनले लिबियाको बन्दरगाहमा रहेको रुसी युद्धपोत ड्रोन आक्रमणबाट डुबाएको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार गरिएको आक्रमणमा रुसी नौसेनाको कार्वेट युद्धपोत मर्कुरी ध्वस्त भएको बताएका हुन्... ...

रातोपाटी
अन्नपूर्ण प्रथमः साहसिक पदयात्रा र प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
Latest NewsJust now

अन्नपूर्ण प्रथमः साहसिक पदयात्रा र प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी, मङ्सिर ८ गते । हिमालको नजिक पुग्ने साहसिक यात्रा, चारैतिर देखिने सेताम्मे हिमश्रृङ्खला र मनै लोभ्याउने प्राकृतिक सुन्दरताले अन्नपूर्ण प्रथम क्षेत्रको प... ...

गोरखापत्र
दोधारा चाँदनी झोलुङ्गे पुल पुन:र्निर्माणका लागि ५ करोड बजेट चाहिने
Latest NewsJust now

दोधारा चाँदनी झोलुङ्गे पुल पुन:र्निर्माणका लागि ५ करोड बजेट चाहिने

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि पाँच करोड रुपैयाँ बजेट माग गरिएको छ । गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि आवागमन पूर्ण रुपमा बन्द छ । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग पाँच करोड रुपैयाँ बजेट माग ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement