दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ : सभामुख अर्याल

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत र सशक्त बनाई विविधताबीचको सौहार्द एकतालाई मूर्त रुप प्रदान गर्ने बताउनुभएको छ । नेपालीहरुको महान् चाड बडा दशैंका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना समेत गर्नुभएको छ । सभामुख अर्यालले जारी गर्नुभएको शुभकामना सन्देशमार्फत दशैंको अवसरमा विश्वभरी रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायू एवं निरन्तर प्रगतिको लागि हार्दिक र मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । “जनताको सार्वभौमसत्ता र राजकीय सत्तालाई अक्षुण्ण राख्दै जनभावना अनुरुप समयसापेक्ष जनमैत्री कानून निर्माण तथा परिमार्जन गर्दै मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सङ्घीय संसद् सदैव क्रियाशिल र प्रतिवद्ध छ”, शुभकामना सन्देशमा भनिएको छ, । उहाँले विजय दशमीको यस सुखद् घडीमा नेपालको संविधानलाई शिरोपर गर्दै राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना पनि गर्नुभएको छ । उहाँले विजयदशमीले समस्त नेपाली जनहरुमा नवीन् ऊर्जा, सोच, नवप्रवर्तन र राष्ट्र निर्माणको संकल्प पैदा गरोस् भन्ने दृढ विश्वास पनि व्यक्त गर्नुभएको छ । सभामुख अर्यालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा दशैंलाई दूराचारमाथि सदाचारको जीत र असत्यमाथि सत्यको विजय प्रतिकका रुपमा मनाइने उल्लेख गर्नुभएको छ । यो पर्वले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्य मान्यताको सुमार्गमा हिड्ने प्रेरणा प्रदान गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ । ऐतिहासिक पहिचान बोकेको बडा दशैं प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेसँगै शुभारम्ध गरी सप्तमी, अष्टमी र नवमीसम्म नवदुर्गा भवानीको पूजा आराधना पश्चात दशमीको दिनमा भवानीको प्रसाद स्वरुप मान्यजनहरुको हातबाट पवित्र टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
.jpg)
चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर
अनिल पराजुलीहेटौँडा, कात्तिक ४ गते । बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका साथै सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानको धरोहर भ... ...

भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति
जीवितै रहेका कामतालाई मृतक भन्दै मतदाता सूचीबाट हटाइयो । दैनिक झन्डै २५० भारु ज्याला कमाएर परिवार पाल्ने गरेका कामता अहिले निर्वाचन आयोगको उक्त गल्ती सच्याउन आफ्नो काम छाडेर दिल्लीका विभिन्न कार्यालयहरू धाइरहेका छन् ...

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने
विपत्ति र शोकका बीच मनाइँदै गरेको यस वर्षको दशैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। ...

दसैं : परम्परा, दर्शन र समकालीन जीवन
दसैं विगतमा भएको कुनै विजयको स्मरण मात्र होइन, वर्तमानमा पनि धर्म, विवेक र आत्मसंयमको पक्षमा उभिने संकल्प दोहोर्याउने अवसर हो। ...


