दशैँमा बाढीपीडितको सम्झनासहित राष्ट्रपति, प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश

Nepal Photo Library मध्यपुर थिमीकी जीवित देवी कुमारीले लायकू दरबारमा भक्तजनलाई टीका लगाइदिएकी छन् आज बुधवार बडादशैँको मुख्य दिन घरघरमा टीका र जमरा लगाउने तथा नजिकका आफन्तकहाँ गएर टीका र आशीर्वाद थाप्ने काम भइरहेको छ।यो वर्ष कार्तिक ४ गते बुधवार परेको विजयादशमीमा देवीविसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले बडादशैँको शुभकामना दिएका छन्। सबैजसोले बाढीपीडितको स्मरण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सबैलाई शुभकामना दिँदै बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक नेपालमा दशैँले सामाजिक एकता सुदृढ गर्न भूमिका खेल्दै आएको बताएका छन्। दशैँको टीका साइत पारेरै लगाउनु पर्छ?दशैँ: टीका लगाइदिँदा भनिने श्लोकका पात्र तथा विशेषता बाढी पीडितहरूको स्मरण गर्दै उनले बाढी पीडितहरूको पुनःस्थापनाका लागि एकताबद्ध भई काम गर्न आग्रह गरेका छन्। Nepal president's office प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' ले उनको फेसबुकमा सन्देश पोस्ट गर्दै "आआफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ। सद्भाव, एकता, सम्मान र माया आपसमा साटौँ" भनेका छन्। "आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ। इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्ने छ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ," बालेनले भनेका छन्। RSS घटस्थापनापछि शुरू हुने पूजाक्रममा कन्याहरूको पूजालाई विशेष महत्त्व दिइन्छ। तराई मधेसमा बडादशैँको अवधिमा दिनहुँ वा सप्तमी,अष्टमी,नवमी र दशमी तिथिको दिन कुमारी कन्यालाई परिवारको सुख, शान्ति र ऐश्वर्यका लागि घर वा मन्दिरमा भोजन गराइन्छ। सप्तरीमा कन्या पूजा गरेर उनीहरूलाई भोजन गराउँदै गरेको एक दृश्य। कलाकार लक्ष्मी गिरीसँग दशैँका कुरा युवालाई प्रश्न : दशैँमा मन पर्ने र नपर्ने पक्ष के हुन् RSS विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका परिसरमा रहेको तलेजु भवानी मन्दिरको पूजाआजा तथा दर्शन गर्न आएका भक्तजनको घुइँचो । यस मन्दिर दशैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ। मधेशमा दशैँका बेला दुर्गा पूजा : नृत्यदेखि कुस्तीसम्मको रौनक सुदूरपश्चिमका गाउँमा घर फर्किनेहरूसँगै भित्रिने रौनक 'दशैँ लगत्तै हराउँछ' Nepal Photo Library काठमाण्डूको पुरानो सिनामङ्गल मन्दिरमा भक्तालुहरूले जमरा लिन पाउने व्यवस्था मिलाइएको छ, जहाँ गच्छेअनुसार पैसा दिएर नभए सित्तैमा जमरा लैजान पाइन्छ। Nepal Photo Library दशैँका अवसरमा गोरखाको अजिरकोट गाउँपालिकास्थित सिरानडाँडामा रोटे पिङमा रमाउँदै स्थानीय बासिन्दा RSS विजयादशमीका दिन काठमाण्डूको तारकेश्वर नगरपालिका-९ स्थित मनमैजु मन्दिरमा जमरा चढाउन तथा पूजाआराधना गर्न भक्तजनहरूको भिड लागेको छ। बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

कास्की प्रहरीको सक्रियता : असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ
काठमाडाैँ। प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३ जना पुरुष र नौ... ...

६२ वर्षपछि जीवित देवी कुमारी लायकू दरबारमा, भक्तजनलाई दसैँको टीका (तस्बिरहरू)
काठमाडौँ। ६२ वर्षपछि मध्यपुर थिमीको जीवीत देवी कुमारीलाई लायकू दरबार लगिएको छ । बुधबार भक्तजनलाई दसैँको टीका समेत लगाइएको छ। ...

पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वराजपरिवारका सदस्यले लगाए टीका
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहसहित पूर्वराजपरिवारका सदस्यहरूले बडादसैँको टीका ग्रहण गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीलगायतले बडामहारानी रत्न राज्यलक्ष्मी शाहको हातबाट टीका तथा आशीर्वाद ग्रहण गरेका हुन्। विजया दशमीको अवसरमा पूर्वराजपरिवारले सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दै शुभकामना सन्देशसमेत दिएको छ। शुभकामना सन्देशमा नेपालीको घरआँगनमा आइपुगेको बडादसैँलाई सनातनी परम्परा र संस्कृतिअनुसार सत्य, सदाचार र मर्यादाका लागि ...

दसैँको लागि गाउँघरमा सेलरोटी पकाउने चटारो, तस्बिरहरू
पर्वत। बडादसैँको आगमनसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी पकाउने चटारो बढेको छ। दसैँको लागि स्थानीयवासी सेलरोटी पकाउन व्यस्त देखिएका छन्। नेपालीको महान् पर्व दसैँमा सेलरोटीको विशेष महत्त्व छ। दसैँमा घरमा... ...


