दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए : नेपाल प्रहरी

काठमाडौं । काठमाडौं उपत्यकाबाट बडा दशैँ मनाउन १० लाखभन्दा बढी नागरिक आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । यस वर्षको दशैँ अवधिमा देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ र सामान्य रहेको नेपाल प्रहरीले जनाएको हो । बडा दशैँको महानवमीका दिनसम्म उपत्यकाबाट सार्वजनिक बस, निजी सवारी तथा दुई पाङ्ग्रे साधनमार्फत बाहिरिने नागरिकको सङ्ख्या १० लाख नाघेको नेपाल प्रहरीको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा रहेका कारण हालसम्म कुनै ठूला दुर्घटना वा गम्भीर प्रकृतिका आपराधिक घटना नघटेको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै देशभर शान्ति सुरक्षाको अवस्था मजबुत रहेको र नागरिकहरू सुरक्षित तवरले आ-आफ्नो घर पुग्ने क्रम जारी रहेको बताउनु भयो । दशैँमा यात्रुहरूको सहजता र सुरक्षाका लागि देशभर ४०८ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको र ती कक्षहरू २४ सै घण्टा सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । ती सहायता कक्षहरूमा ट्राफिक प्रहरीसहित अन्य सुरक्षाकर्मी परिचालन गरिएका छन्, जसले यात्रुहरूका समस्या र गुनासो तत्काल सम्बोधन गरिरहेका छन् । प्रवक्ता काफ्लेकाअनुसार प्रहरीले यस पटक ‘यदि केही देख्नुहुन्छ भने, केही भन्नुहोस्’ भन्ने अवधारणा अनुरूप नागरिक सहभागितामूलक विशेष सुरक्षा अभियान सञ्चालन गरेको छ । यस अवधारणाअन्तर्गत सर्वसाधारणबाट नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा उल्लेखनीय रूपमा सूचना तथा खबरहरू प्राप्त भइरहेको र सोही आधारमा क्विक रेस्पोन्स टिम (क्युआरटी) लगायतका आकस्मिक ड्युटी टोलीहरू तत्काल खटिएर सेवा प्रवाह गरिरहेका छन् । उहाँले भन्नुभयो, ‘देशभरको शान्ति सुरक्षा अवस्था सामान्य र सुदृढ छ । बडादसैँको नवमीसम्म काठमाडौँ उपत्यकाबाट करिव १० लाखभन्दा बढी यात्रु विभिन्न सवारीसाधनमार्फत बाहिरिएको रिपोर्ट प्राप्त भएको छ । हालसम्म कुनै गम्भीर घटना, दुर्घटना वा अपराधको जानकारी प्राप्त भएको छैन । यस वर्षको विशेष सुरक्षा योजनाअन्तर्गत ‘इफ यु सि समथिङ, से समथिङ’ अभियानमार्फत नागरिकबाट सूचनाहरू प्राप्त भइरहेका छन् । प्राप्त सूचनाका आधारमा प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरी आवश्यक सेवा प्रदान गरिँदै आएको छ । देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरी २४ सै घण्टा सेवा सञ्चालन गरिएको छ । कुनै शङ्कास्पद गतिविधि वा असामान्य घटना देखिएमा प्रहरीको १०० नम्बरमा खबर गर्न आम नागरिकलाई अनुरोध गर्दछौँ ।’ प्रहरीले चाडपर्वको समयमा कुनैपनि अस्वाभाविक, शंकास्पद वा आकस्मिक गतिविधि देखिए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा तुरुन्त खबर गरी अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न सहयोग पुर्याउन आम नागरिकलाई पुनः अनुरोध गरेको छ । देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष नेपाल प्रहरीले दशैँ, तिहार, छठ तथा नेपाल संवत लगायतका चाडपर्वहरूलाई लक्षित गरी देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ । चाडबाडका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, यात्रुहरूको सुरक्षा तथा दुर्घटना न्युनिकरणका लागि सीमावर्ती क्षेत्र, राजमार्ग र प्रमुख शहरहरूमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेकाअनुसार चाडपर्व मनाउन घर फर्किने नागरिकलाई ठगी, लुटपाट तथा अन्य आपराधिक क्रियाकलापबाट जोगाउन देशभरका सीमावर्ती क्षेत्रका १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । उक्त सहायता कक्षहरूबाट २४ सै घण्टा नागरिकलाई सेवा तथा सुरक्षा सहजीकरण प्रदान भइरहेको छ । सुरक्षा व्यवस्थालाई व्यवस्थित र चुस्त बनाउन प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयहरूमा कमान्ड सेन्टर स्थापना गरिएको छ । केन्द्रको एकीकृत सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिमार्फत स्थानीय आवश्यकता अनुसारका विशिष्ट योजनाहरू तर्जुमा गरी कार्यान्वयन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, चाडपर्वको समयमा राजमार्गहरूमा हुने सडक दुर्घटना न्युनिकरण गर्न प्रहरीले सूचनामा आधारित विशेष जाँच प्रणाली लागू गरेको छ । विशेष गरी काठमाडौंको नागढुङ्गा हुँदै चितवन जोड्ने सडकखण्ड र प्रमुख लोकमार्गहरूमा निगरानी तिब्र पारिएको काफ्लेले बताउनु भयो । यात्रुवाहक सवारीसाधन छुट्ने प्रमुख प्रस्थानबिन्दुहरूमा नै चालकको अनुमतिपत्र, लागुपदार्थ सेवन (लापसे) तथा मादक पदार्थ सेवन (मापसे) को कडा जाँच शुरु गरिएको छ । साथै, यातायात व्यवस्था कार्यालय तथा प्राविधिक निकायहरूसँग समन्वय गरी गाडीको यान्त्रिक परीक्षण (मेकानिकल टेस्ट) गरेर मात्र लामो दूरीका सवारीसाधनलाई प्रस्थान अनुमति दिने व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशभरका सीमावर्ती क्षेत्रमा १०८ वटा नागरिक सहायता कक्ष स्थापना गरी २४ सै घण्टा सेवा सञ्चालन गरिएको छ । दशैँ मनाउन सीमापारिबाट आउने नागरिकलाई लुटपाट, ठगी तथा आपराधिक गतिविधिबाट जोगाउन र आवश्यक प्रहरी सेवा सहज रूपमा उपलब्ध गराउन यी कक्षहरू सञ्चालनमा छन् । दशैँ, तिहार, छठ तथा नेपाल संवत्का अवसरमा सुरक्षा व्यवस्था मिलाउन ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रदेश, उपत्यका तथा जिल्ला प्रहरी कार्यालयमा कमान्ड सेन्टर स्थापना गरी सुरक्षा योजना कार्यान्वयन भइरहेको छ । सडक दुर्घटना न्युनिकरणका लागि लामो दूरीका बस छुट्नुअघि चालकको अनुमतिपत्र जाँच, मादक पदार्थ तथा लागुऔषध सेवन परीक्षण र सवारीसाधनको यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । साथै, लामो दूरीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।’ लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने कानूनी प्रावधानलाई कडाइका साथ कार्यान्वयन गराउन ट्राफिक प्रहरी सक्रिय रहेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
• जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गर्ने ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। • यस अभियानले मङ्गल र यसको चन्द्रमाहरूको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लगाउने अपेक्षा गरिएको छ। • अमेरिका र चीन पनि मङ्गल ग्रहबाट नमूना ल्याउने प्रतिस्पर्धामा छन्, जहाँ चीनले २०२८ मा प्रक्षेपण गर्ने योजना बनाएको छ। ...

मंगलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
टोकियो । जापानले मंगल ग्रहको चन्द्रमा फोबोसबाट नमूना संकलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ । यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकहरूको अपेक्षा छ । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार मानवरहित मार्सियन मुन एक्सप्लोरेसन (एमएमएक्स) यान बोकेको एच–३ रकेट जापानको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट […] ...

वर्षको एकदिन खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थी (फोटोफिचर)
गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक ३ गते । वर्षको एक दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा आज भक्तजनको भिड लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एक पटक म... ...

उपल्लो डोल्पाबाट जटिल अवस्थाकी गर्भवतीको उद्धार
२८ वर्षीया गर्भवतीको अवस्था जटिल बनेपछि तत्काल हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ । ...


