Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दलाई लामालाई भारतले दिल्लीको लुटियन्स क्षेत्रमा दियाे सरकारी बंगला

Share:WhatsAppFacebookX (Twitter)Telegram
दलाई लामालाई भारतले दिल्लीको लुटियन्स क्षेत्रमा दियाे सरकारी बंगला
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । भारत सरकारले तिब्बती धर्मगुरु दलाई लामाको कार्यालय ‘गादेन फोड्राङ’का लागि नयाँ दिल्लीको लुटियन्स क्षेत्रमा सरकारी बंगला उपलब्ध गराएको छ । नयाँ दिल्लीस्थित पण्डित रविशंकर शुक्ल लेनमा रहेको उक्त बंगलालाई दलाई लामाको कार्यालयका रूपमा प्रयोग गरिनेछ । उनको दिल्ली भ्रमणका क्रममा आवास र सुरक्षा व्यवस्थापनमा हुने कठिनाइलाई ध्यानमा राख्दै स्थायी कार्यालयका लागि बंगला उपलब्ध गराइएको हो । बंगलामा सुरक्षा व्यवस्था थप मजबुत बनाउन ३४ लाख ९४ हजार भारतीय रुपैयाँ खर्च गर्ने गरी अतिरिक्त संरचना निर्माण तथा जडानको काम अघि बढाइएको छ । भवनको वरिपरि अग्ला धातुका पर्खाल, काँडेतार, बलियो प्रवेशद्वार र सुरक्षाकर्मी बस्ने कक्ष निर्माण गरिएको छ । केन्द्रीय लोक निर्माण विभागले बंगलाको सुरक्षा पूर्वाधार थप गर्न ३४ लाख ९४ हजार रुपैयाँको टेन्डरसमेत आह्वान गरेको थियो । दलाई लामाको कार्यालयका अनुसार उनको उमेर र दिल्ली भ्रमणका क्रममा होटलमा आवास तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउन हुने कठिनाइका कारण स्थायी सुविधा आवश्यक परेको हो । यसका लागि भारतीय विदेश मन्त्रालय र दलाई लामाको कार्यालयबीच समन्वय गरिएको जनाइएको छ । लुटियन्स दिल्ली भारतको राजधानी क्षेत्रको उच्च सुरक्षा व्यवस्था रहेको महत्वपूर्ण स्थानका रूपमा परिचित छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आईजीपीमा पुनर्बहाली माग गरिएको कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको संयुक्त इजलासमा
Latest NewsJust now

आईजीपीमा पुनर्बहाली माग गरिएको कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको संयुक्त इजलासमा

प्रहरी महानिरीक्षक (आईजीपी) मा आफ्नो पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दर्ता गराएको रिट सुनुवाइ गर्न आज इजलास तोकिएको छ।  उनको रिट न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तोकिएको हो।  ...

नेपालखबर
जाडोमा बेँसी, गर्मीमा लेकमा पढाइ
Latest NewsJust now

जाडोमा बेँसी, गर्मीमा लेकमा पढाइ

अस्मिता सिंखडागोरखा, मङ्सिर ९ गते । चिसो मौसम सुरु भएसँगै उत्तरी गोरखाको चुमनुब्री क्षेत्रका बालबालिकाको दैनिकी नै फेरिन्छ । चिसो बढेपछि घर, गाउँ र आमाबुवा छाडेर बालबालिका बेँसी झर... ...

गोरखापत्र
दानबहादुर कार्कीको रिट निरौला र पौडेलको इजलासमा
Latest NewsJust now

दानबहादुर कार्कीको रिट निरौला र पौडेलको इजलासमा

कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement