Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त, को-को परे ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त, को-को परे ?
Photo / Coverage: पर्दाफास

निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका विभिन्न १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ। आयोगले एक सार्वजनिक सूचना जारी गर्दै आयोगको मिति २०८३/०८/०२ को निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जानकारी दिएको हो। सूचना अनुसार जसपा नेपालले २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णय विपरीत कार्य गरी दल त्याग गरेको जानकारी आयोगलाई दिएको थियो । आयोगले सम्बन्धित दलको केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपिसहित प्राप्त जानकारीका आधारमा २०८३ मंसिर २ गते निर्णय गर्दै उनीहरूको पद रिक्त भएको जनाएको हो । पद रिक्त हुनेमा मधेश प्रदेशका पाँच र कोशी प्रदेशका १३ जना जनप्रतिनिधि छन् । मधेश प्रदेशअन्तर्गत सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष विजय कुमार महतो छन् । यस्तै, पर्साको कालिकामाई गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जयकुमार पटेलको पद पनि रिक्त भएको छ । कोशी प्रदेशअन्तर्गत खोटाङका आठ जना, भोजपुर, उदयपुर र सुनसरीका एक-एक जना तथा इलामका दुई जना जनप्रतिनिधिको पद रिक्त भएको छ । खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा नम्बर १० का अध्यक्ष मुगाधन राईको पद रिक्त भएको छ । सोही वडाका महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राई तथा नगरकार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पदसमेत रिक्त भएको आयोगको सूचनामा उल्लेख छ । यस्तैगरी, भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, सन्दकपुर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डालबहादुर गुरुङ र सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जुडिलाल कौडगियाको पद पनि रिक्त भएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले सम्बन्धित स्थानीय तहका निर्वाचित पद रिक्त भएको आयोगले जनाएको छ । आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रचण्डको सुझाव
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रचण्डको सुझाव

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिन सुझाव दिएका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा भएको ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी भएर बिहीवार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । दाहालले प्रधानमन्त्री साहको भारत भ्रमणका क्रममा ...

पर्दाफास
एन्थ्रोपिकले जुटायो इतिहासकै सबैभन्दा ठूलो ८१.३ अर्ब डलरको आईपीओ
OthersJust now

एन्थ्रोपिकले जुटायो इतिहासकै सबैभन्दा ठूलो ८१.३ अर्ब डलरको आईपीओ

३ मंसिर, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको दिग्गज कम्पनी एन्थ्रोपिकले सर्वसाधारणका लागि सेयर निष्कासन (आईपीओ) मार्फत ८१.३ अर्ब डलर संकलन गर्दै विश्व इतिहासकै सबैभन्दा ठूलो आईपीओको कीर्तिमान कायम गरेको छ। यससँगै एन्थ्रोपिकले गत जुन महिनामा स्पेसएक्सले ७५ अर्ब डलरको आईपीओमार्फत बनाएको कीर्तिमान तोडेको छ। बुधबार राति एक विज्ञप्ति जारी गर्दै एन्थ्रोपिकले कम्पनी र यसका… ...

अनलाइन खबर
पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार
OthersJust now

पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार

पालुङबाट भैंसे तर्फ जाँदै गरेको बीएबी ४४३१ नम्बरको कारबाट उक्त परिमाणको गाँजा आज बिहान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । ...

अनलाइन खबर
द रियल जेम्स बन्ड !
OthersJust now

द रियल जेम्स बन्ड !

जेम्स बन्ड आफैलाई पानी धेरैपछि मात्र थाहा भएको थियो कि इयन फ्लेमिङको बन्डको पात्र उनकै नामबाट आएको थियो। इयनको अनुसार उनीलाई एकदम साधारण नाम चाहिएको थियो र त्यस बेला बन्डको कामको प्रशंसकको रूपमा पनि उनलाई त्यही नाम राख्न उचित लाग्यो। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play