काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन माग गरेको छ। त्रिविका उपकुलपतिबाट नियुक्त हुने व्यवस्था अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले स्थायी प्राध्यापकबाट उक्त जिम्मेवारीमा नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको हो। त्यसका लागि केन्द्रले इच्छुक प्राध्यापकसँग आशयपत्र माग गरेको छ। उक्त जिम्मेवारी पाउने प्राध्यापकले सम्बन्धित देशका विश्वविद्यालयसँग भएका पुराना सम्झौतालाई सक्रिय बनाउने, संयुक्त अनुसन्धान तथा विद्यार्थी र प्राध्यापकको आदानप्रदान प्रवर्द्धन गर्ने, अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने र विदेशी विद्यार्थीलाई त्रिविमा आकर्षित गर्न सहजीकरण गर्ने जिम्मेवारी पाउनेछन्। त्रिविका अनुसार इच्छुक प्राध्यापकले आगामी मङ्सिर १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदनसँगै अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरण र आगामी दुई वर्षको ठोस कार्ययोजना पेस गर्नुपर्नेछ। आवेदक प्राध्यापकहरूमध्ये अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशसँगको पूर्वसम्पर्क र सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा ‘कन्ट्री फोकल पर्सन’ छनोट गरिने त्रिविले जनाएको छ।
त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन आह्वान

Read Complete Original Article
Published originally on नेपालन्युज






