ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा ऊर्जा, जलस्रोत र सिँचाइका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । मन्त्री श्रेष्ठले राजदूत दलेलालाई स्वागत गर्दै उनको सफल तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा नेपाल र भारतबीच ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप विस्तार र प्रभावकारी बनाउने विषयमा विचारविमर्श भएको थियो । यी क्षेत्रमा दुई देशबीचको सहकार्यले आर्थिक समृद्धि, ऊर्जा सुरक्षा, कृषि उत्पादकत्व तथा क्षेत्रीय विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ । भेटमा आपसी संवाद, समन्वय र सहकार्यलाई निरन्तरता दिँदै नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको थियो । मन्त्री श्रेष्ठले राजदूत दलेलाको नेपालस्थित कार्यकाल सफल, सुखद र फलदायी रहोस् भन्ने कामनासमेत गरेका छन् ।
ऊर्जामन्त्री श्रेष्ठसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

Read Complete Original Article
Published originally on पर्दाफास






