Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

तीन देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
Photo / Coverage: पर्दाफास

भारतसहित तीन देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। शुक्रबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा भारतका राजदूत सुधाकर दलेला, लाओसका राजदूत भिथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगेलले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। भारतका राजदूत दलेला नेपालका लागि आवासीय राजदूत हुन् भने लाओस र पानामाका राजदूत गैरआवासीय राजदूत हुन्। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो। प्रमाणपत्र पेस गर्ने समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिनेमा क्षेत्रबाट कति कमाइ हुन्छ र निर्माणमा के–कस्ता चुनौती छन् ?
OthersJust now

सिनेमा क्षेत्रबाट कति कमाइ हुन्छ र निर्माणमा के–कस्ता चुनौती छन् ?

फिल्मको बक्स अफिसमा सफलता र असफलताको चर्चा त भइरहन्छ । तर समयसँगै फिल्म निर्माणको काम कति चुनौतीपूर्ण बन्दै गएको छ भन्ने विषयमा कमै चर्चा हुन्छ । फिल्मबाट कमाइ गर्ने तरिका कसरी बदलिएको छ ? हिन्दी फिल्म उद्योग कुन दिशातर्फ अघि बढिरहेको छ ? यस छलफलमा एक्सेल इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत विशाल रामचन्दानी, सनसाइन पिक्चर्सका विपुल… ...

अनलाइन खबर
‘कोप–३१ मा २ अर्ब मान्छेलाई पानी खुवाइरहेको हिमालको मुद्दा उठाउँछौं’
OthersJust now

‘कोप–३१ मा २ अर्ब मान्छेलाई पानी खुवाइरहेको हिमालको मुद्दा उठाउँछौं’

हिमालले नेपाललाई मात्र पालिराखेको छैन, हामीभन्दा तल्लो तटीय क्षेत्रका करिब २ अर्ब मानिसलाई पानी खुवाइराखेको छ। विश्वमा समुद्री सतह बढ्दा जति आवाज उठ्छ, हिमालका लागि त्यति आवाज गुञ्जिएको छैन। ...

अनलाइन खबर
सर्वोच्चमा २७ हजार मुद्दा पेन्डिङ, फैसला कार्यान्वयनमै केसीले उठाए प्रश्न
OthersJust now

सर्वोच्चमा २७ हजार मुद्दा पेन्डिङ, फैसला कार्यान्वयनमै केसीले उठाए प्रश्न

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा मुद्दाको चाप र फैसला कार्यान्वयनको कमजोर अवस्थाप्रति प्रश्न उठाएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दको सुनुवाइका क्रममा उनले सर्वोच्च अदालतमा मात्रै २५ देखि २७ हजार मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै न्याय सम्पादनलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । उनले अदालतबाट फैसला हुनु मात्रै पर्याप्त नहुने भन्दै न्याय माग्न पुगेका ...

पर्दाफास
अनुमति नलिई निषेधित क्षेत्र प्रवेश गरेका ४ विदेशीलाई तिराइयो जरिबाना
OthersJust now

अनुमति नलिई निषेधित क्षेत्र प्रवेश गरेका ४ विदेशीलाई तिराइयो जरिबाना

नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पदयात्रा सम्बन्धी कानुनी प्रावधान तथा अनुमति प्रणाली पूर्ण पालना गर्नुपर्ने विभागले स्पष्ट पारेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play