Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

तिहारलाई लक्षित गर्दै साढे ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारलाई लक्षित गर्दै साढे ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात
Photo / Coverage: पर्दाफास

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए । यस वर्ष आयातको मूल्य करिब ८ प्रतिशत बढे पनि परिमाण भने करिब २७ प्रतिशत घटेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार कच्चा पदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र ढुवानी खर्च बढ्दा विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ । उनका अनुसार विद्युतीय सामग्री उत्पादन तथा आयातमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ चीनबाट र केही भारतबाट आउने गरेका छन् । विशेषगरी चीनबाट आउने सामग्रीको मूल्य स्रोत बजारमै बढेकाले नेपाली बजारमा त्यसको असर परेको उनले बताए । झिलिमिली बत्तीमा प्रयोग हुने तामाको तारदेखि बाहिरी आवरणमा प्रयोग हुने प्लास्टिकसम्मका कच्चा पदार्थको मूल्य बढेको पौडेलले जानकारी दिए । उनले भने, ‘झिलिमिली बत्तीभित्र प्रयोग हुने तार, तामाको मूल्य र तारको आवरणका रूपमा प्रयोग हुने प्लास्टिकको मूल्य पनि बढेको छ । सामग्री उत्पादनमा प्रयोग हुने अधिकांश कच्चा पदार्थको मूल्य स्रोत बजारमै बढेको अवस्था छ ।’ कच्चा पदार्थको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर बढ्दा पनि आयात लागत वृद्धि भएको उनको भनाइ छ । ‘डलर अघिल्लो वर्षभन्दा यस वर्ष बढेको र कच्चा पदार्थको लागत पनि वृद्धि भएकाले स्रोत बजारमै पर्ने प्रतियुनिट मूल्य बढेको हो,’ उनले भने । ढुवानी खर्चमा भएको वृद्धिले पनि आयातित सामग्री महँगिएको छ । पौडेलका अनुसार अघिल्लो वर्ष एउटा कन्टेनरको ढुवानी खर्च २ हजारदेखि २ हजार २०० अमेरिकी डलर थियो । अहिले ६ हजार डलर तिर्दासमेत कन्टेनर सहजै पाउन नसकिने अवस्था छ । ढुवानी खर्च करिब तीन गुणासम्म बढ्दा त्यसको भार अन्ततः उपभोक्ताले खरिद गर्ने सामग्रीको मूल्यमा पर्ने उनले बताए । चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामग्री ल्याउन नसक्दा पनि आयात लागत बढेको पौडेलले बताए । केरुङ नाकाबाट सामान ल्याउँदा तुलनात्मक रूपमा कम खर्च पर्ने भए पनि अहिले वीरगन्जलगायत अन्य भन्सार नाकाबाट घुमाएर ल्याउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए । पौडेलका अनुसार बजारमा विद्युतीय सामग्रीको माग रहे पनि आपूर्ति पक्ष कमजोर बनेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै व्यवसायीसँग पर्याप्त मौज्दात छैन । मूल्य बढे पनि कारोबारको परिमाण भने सोही अनुपातमा बढ्न नसकेको उनले बताए । कच्चा पदार्थ, डलरको विनिमय दर र ढुवानी खर्च बढ्नुका साथै आपूर्तिमा समेत समस्या देखिएकाले यस वर्ष तिहारमा झिलिमिली बत्तीको मूल्य गत वर्षभन्दा महँगो पर्ने व्यवसायीको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)
OthersJust now

भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै भारतीय पूर्व सैनिक कल्याणकारी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । ...

अनलाइन खबर
इनमसँगको फोटो भाइरल भएपछि निश्चलको जवाफ, लेख्छन्- अबदेखि सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भो
OthersJust now

इनमसँगको फोटो भाइरल भएपछि निश्चलको जवाफ, लेख्छन्- अबदेखि सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भो

फिल्ममेकर निश्चल बस्नेतले चुपचाप बस्नै नपाउने । कुनै न कुनै लफडाले घेरिहाल्छ । अन्ततः उनले त्यसमा प्रतिक्रिया दिनैपर्छ । स्पष्टीकरण दिनैपर्छ । यसपालि फेरि उस्तै समस्या आइलाग्यो । केही दिनअघि दिल निशानी मगरले पोस्ट गरेको एउटा तस्बिरले निश्चलको रक्तचाप बढाइदिएको हो । उक्त तस्बिरमा निश्चल बस्नेत र इनम सापकोटा एकसाथ देखिएका छन् । उनीहरूले कुन… ...

अनलाइन खबर
काठमान्डुलाई कर्णालीको १८१ रनको लक्ष्य
OthersJust now

काठमान्डुलाई कर्णालीको १८१ रनको लक्ष्य

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे । यस्तै हुसेन तललते ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ४० रन जोडे । ...

अनलाइन खबर
जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा
OthersJust now

जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा

साउदीमा नेपाल एयरलाइन्सले नियुक्त गरेको जीएसएको अवधि सकिएको र नवीकरण नभएका कारण अब साउदी स्टेसनको उडान निरन्तरतामा प्रश्न उठेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play