Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

तिहारमा विद्युत् अभाव नहुने, २४सै घण्टा प्राविधिक टोली परिचालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा विद्युत् अभाव नहुने, २४सै घण्टा प्राविधिक टोली परिचालन
Photo / Coverage: पर्दाफास

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित राख्न विशेष व्यवस्थापन गरेको छ । लक्ष्मीपूजाका दिन विद्युत्को मागभन्दा आन्तरिक उत्पादन बढी हुने प्रक्षेपण गर्दै प्राधिकरणले सम्भावित प्राविधिक अवरोध तत्काल समाधान गर्न चौबीसै घण्टा जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाएको हो । प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट पुग्ने अनुमान छ । सोही अवधिमा विद्युत् उत्पादन करिब दुई हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ । अनुमानित मागभन्दा उत्पादन करिब ८०० मेगावाट बढी हुने भएकाले आन्तरिक उत्पादनबाटै माग धान्न सकिने प्राधिकरणको आकलन छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन निर्देशन दिएपछि प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीको निगरानी र सम्भावित समस्या समाधानका लागि तयारी तीव्र बनाएको हो । मन्त्री श्रेष्ठले गत बुधबार प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहित उच्च अधिकारीहरूलाई विद्युत्को माग र आपूर्तिको पूर्वानुमानका आधारमा आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका थिए । उनले उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्ने संयन्त्र प्रभावकारी बनाउनसमेत जोड दिएका थिए । मन्त्रीको निर्देशनपछि कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको वरिष्ठ व्यवस्थापन टोली तथा प्रादेशिक कार्यालय प्रमुखहरूबीच छलफल भएको छ । बैठकमा विद्युत् प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा वितरण एवं ग्राहक सेवा निर्देशनालयअन्तर्गतका कार्यालयसँग समन्वय गरी आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मत गरी सेवा सञ्चालन गर्न तथा प्रसारण लाइन र वितरण प्रणालीको नियमित निरीक्षण गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । साथै, विद्युत् अवरुद्ध भएको जानकारी दिन सञ्चालनमा रहेका ‘नो लाइट’ सेवाका फोन अनिवार्य उठाउने र उपभोक्ताका गुनासा शीघ्र सम्बोधन गर्ने व्यवस्था मिलाउन भनिएको छ । प्राधिकरणले चाडपर्वका समयमा विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरण गर्न उपभोक्तालाई सावधानी अपनाउन पनि आग्रह गरेको छ । घरमा प्रयोग हुने तार, बत्ती तथा अन्य विद्युतीय उपकरणको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगर्न अनुरोध गरिएको छ । विद्युत्सम्बन्धी समस्या आए दक्ष प्राविधिकको सहयोग लिन तथा आपूर्ति अवरुद्ध भए नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले आन्तरिक उत्पादन पर्याप्त हुने प्रक्षेपण गरे पनि नियमित विद्युत् आपूर्ति कायम राख्न प्रसारण तथा वितरण प्रणालीको प्रभावकारी सञ्चालन र सम्भावित प्राविधिक समस्याको समयमै समाधान आवश्यक हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देउवाले उठाए १८ करोडको प्रसंग, भने- ‘पैसा दिएर पार्टी किन्ने ? पैसामा पार्टी बेच्दिने हामीले ?’
OthersJust now

देउवाले उठाए १८ करोडको प्रसंग, भने- ‘पैसा दिएर पार्टी किन्ने ? पैसामा पार्टी बेच्दिने हामीले ?’

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको बताएका छन् । नेपाली कांग्रेसको देउवा पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नियमित महाधिवेशनपछि मात्रै विशेष महाधिवेशनको विषय अघि बढाउन आफूले आग्रह गरेको बताए । उनले विशेष महाधिवेशनको इतिहास स्मरण गर्दै विगतमा सुवर्णशमशेर र बीपी कोइरालासमेत विशेष महाधिवेशनको पक्षमा रहेको ...

पर्दाफास
न्यायाधीशको संसदीय सुनुवाइमा देखिएको अदालतको ‘अनुहार’
OthersJust now

न्यायाधीशको संसदीय सुनुवाइमा देखिएको अदालतको ‘अनुहार’

अदालतभित्र बिचौलियाको चलखेल हुन्छ, न्यायाधीश र बिचौलियाबीच साँठगाँठ हुन्छ, राजनीतिक प्रभावमा नियुक्ति हुन्छ र पैसाले न्याय किनबेच हुन्छ भन्नेसम्मका आरोप सार्वजनिक बहसमा सीमित रहेनन् । यस्ता टिप्पणीको लेखाजोखा संसदीय सुनुवाइका क्रममा गरिए । ...

अनलाइन खबर
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय
OthersJust now

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

२१ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ । प्रथम चरणमा २७ जना विद्यार्थीलाई यो छात्रवृत्ति उपलब्ध गराइने निर्णय गरिएको छ भने यसपछि क्रमशः पहिचान गर्दै विभिन्न चरणमा थप विद्यार्थीलाई छात्रवृत्ति दिइँदै जाने शिक्षा… ...

अनलाइन खबर
कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी
OthersJust now

कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी

२१ कात्तिक, बुटवल । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले अहिले विभाजित नेपाली कांग्रेस समयक्रममा एकजुट हुने बताएका छन् । उनले भविष्यमा दुई पार्टी एक हुने भएकाले अहिले एकअर्काविरुद्ध नराम्रो टिप्पणी र गालीगलौज नगर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टी सभापति गगन थापालाई विद्यार्थी जीवनदेखि नै नजिकबाट चिनेको बताउँदै भण्डारीले उनी कहिल्यै गलत नभएकोले पार्टीलाई एकजुट… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play