Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तिहारमा करिब ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान

तिहारमा करिब ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान

10/27/2026, 4:02:09 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा करिब ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान

ललितपुर । यस वर्षको तिहार पर्वमा सयपत्री, मखमली, गोदावरी तथा विभिन्न फूल मिसाएर तयार गरिने मिक्स गरी करिब ५१ लाख ८० हजार वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । तिहारमा मालासँगै जीवित सयपत्री तथा गोदावरी फूलका पोली तथा गमलाको समेत ठूलो कारोबार हुने भएकाले समग्र तिहार लक्षित पुष्प बजार अझ ठूलो हुने देखिएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले जनाएकाे छ । प्रारम्भिक अनुमान अनुसार यस वर्ष तिहारमा सयपत्री फूलका करिब ४५ लाख, मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका करिब ६० हजार माला खपत हुने अनुमान गरिएको छ । यी मध्ये अधिकांश माग स्वदेशमै उत्पादित फूलबाट पूर्ति हुने अपेक्षा गरिएको छ । सयपत्रीको माग र आपूर्ति गत वर्षको तिहारमा व्यवसायिक रूपमा उत्पादित करिब ४० लाख सयपत्री फूलका माला खपत भएको थियो । यस वर्ष पनि बजार माग करिब सोही हाराहारीमा रहने अनुमान गरिएको भए पनि उत्पादन तथा बजार विस्तारका कारण करिब ४५ लाख सयपत्री माला कारोबार हुने अनुमान गरिएको छ । यस वर्ष २०८३ असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण केही क्षेत्रमा सयपत्री फूलको खेतीमा क्षति पुगेको छ । त्यसका बाबजुद आन्तरिक उत्पादनबाट करिब ४० लाख माला बराबरको आपूर्ति हुने अनुमान गरिएको छ । बाँकी माग व्यवस्थापन गर्न स्थानीय तथा ग्रामीण क्षेत्रबाट उत्पादित फूललाई बजारसम्म पु¥याउने तथा आवश्यक परे नपुग हुने फूलको व्यवस्थापन गर्ने पहल भइरहेको उल्लेख गरेकाे छ । हाल सातै प्रदेशका विभिन्न जिल्लामा सयपत्री फूलको व्यवसायिक खेती विस्तार भइरहेको छ । हामीले गरेको प्रारम्भीक सर्बेक्षण अनुसार २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्रीको व्यवसायिक खेती भइरहेको छ र हरेक वर्ष यसको खेती क्षेत्र विस्तार हुँदै गएको देखिन्छ । ग्रामीण तथा उत्पादन क्षेत्रहरूमा सयपत्रीको माग लगभग पूर्ण रूपमा स्वदेशी उत्पादनबाटै धान्न सकिने अवस्था रहेको छ । मुख्य शहरी तथा बजार केन्द्रित क्षेत्रमा भने करिब ८८.८९ प्रतिशत माग आन्तरिक उत्पादनबाट पूर्ति हुने र करिब ११.११ प्रतिशत बराबरको माग व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ । मखमली फूलमा आत्मनिर्भरता मखमली फूलको हकमा यस वर्ष तिहारका लागि करिब ६ लाख माला बराबरको बजार हुने अनुमान गरिएको छ । यसमध्ये करिब ४ लाख माला आन्तरिक बजारमा खपत हुने र करिब २ लाख माला निर्यात हुने अनुमान गरिएको छ । मखमली फूलको उत्पादनमा नेपाल हाल आन्तरिक माग पूर्ति गर्न सक्षम रहेको छ । काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी–बडिखेल, धादिङ, पाल्पा, कैलाली तथा इलाम लगायतका क्षेत्रमा मखमली फूलको व्यवसायिक उत्पादन हुँदै आएको छ । गोदावरी तथा मिक्स माला यस वर्ष तिहारमा करिब २० हजार गोदावरी फूलका माला खपत हुने अनुमान गरिएको छ । गोदावरी मालाको औसत थोक मूल्य करिब एक हजार २०० रूपैयाँ रहने अनुमान गर्दा यसको कारोबार करिब २ करोड ४० लाख रूपैयाँ पुग्ने देखिन्छ । त्यस्तै, विभिन्न फूल समावेश गरी तयार गरिने मिक्स माला करिब ६० हजार वटा खपत हुने अनुमान गरिएको छ । यसको औसत थोक मूल्य करिब ४०० रूपैयाँ कायम हुँदा मिक्स मालाबाट करिब २ करोड ४० लाख रूपैयाँ बराबरको कारोबार हुने अनुमान छ । यसरी सयपत्री, मखमली, गोदावरी र मिक्स मालाको संयुक्त कारोबारबाट यस वर्षको तिहारमा करिब ४८ करोड रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । तिहारमा फूलका पोली तथा गमलाको पनि ठूलो कारोबार तिहारमा फूलका मालाको मात्र नभई घर, आँगन, कार्यालय तथा व्यवसायिक परिसर सजावटका लागि फूलेका सयपत्री तथा गोदावरी फूलका पोली तथा गमलाको समेत उल्लेख्य माग हुने गरेको छ । यस वर्ष करिब ३५ लाख सयपत्री फूलका पोली÷बोट बिक्री हुने अनुमान गरिएको छ । प्रति पोली औसत ३० रूपैयाँका दरले यसको कारोबार करिब १० करोड ५० लाख रूपैयाँ हुने अनुमान गरिएको छ । त्यस्तै, करिब ८ लाख गोदावरी फूलका गमला बिक्री हुने र प्रति गमला औसत ७५ रूपैयाँका दरले करिब ६ करोड रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । यसरी तिहार लक्षित सयपत्री तथा गोदावरीका जीवित फूलका पोली तथा गमलाबाट मात्रै करिब १६ करोड ५० लाख रूपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । सातै प्रदेशमा सयपत्रीको व्यवसायिक उत्पादन विस्तार सयपत्री फूलको व्यवसायिक उत्पादन अहिले सातै प्रदेशका विभिन्न जिल्लामा विस्तार भइरहेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली लगायतका जिल्लामा सयपत्रीको व्यवसायिक उत्पादन भइरहेको छ । सयपत्री फूलको उत्पादन तथा बजार हरेक वर्ष विस्तार हुँदै गएको छ । तिहार नेपाली पुष्प व्यवसायका लागि सबैभन्दा महत्वपूर्ण मौसमी बजारमध्ये एक भएकाले यस अवधिमा स्वदेशी उत्पादनको उपयोग बढ्नुले कृषक तथा पुष्प व्यवसायीको आम्दानी वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल तिहारका लागि आवश्यक फूलको माग सकेसम्म स्वदेशमै उत्पादित फूलबाट पूर्ति गर्न उपभोक्ता, व्यापारी तथा सरोकारवाला सबैलाई आग्रह गरेकाे छ । यस वर्ष केही क्षेत्रमा अविरल वर्षाका कारण सयपत्री खेतीमा क्षति पुगे पनि देशका विभिन्न उत्पादन क्षेत्रबाट बजारमा फूल आपूर्ति भइरहेको जनाएकाे छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ
ताजा खबरJust now

काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौं।काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल काठमाडौं महानगरपालिका–१३ कालीमाटी बस्ने २५ वर्षीय विकास ...

नेपालन्युज
कर्णालीविरुद्ध जनकपुरले थाल्यो ब्याटिङ
ताजा खबरJust now

कर्णालीविरुद्ध जनकपुरले थाल्यो ब्याटिङ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले ब्याटिङ थालेको... ...

रातोपाटी
पाँचदिने निःशुल्क योग शिविर हुने
ताजा खबरJust now

पाँचदिने निःशुल्क योग शिविर हुने

अनिल पराजुलीहेटौँडा, कात्तिक १० गते । नसर्ने रोगको न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले हेटौँडामा पाँचदिने निःशुल्क वृहद् योग विज्ञान शिविर आयोजना हुनेभएको छ । पतञ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play