Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

तिहारमा उपत्यकामा ७८ सवारी दुर्घटना, पाँच जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा उपत्यकामा ७८ सवारी दुर्घटना, पाँच जनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । तिहारको समयमा काठमाडौं उपत्यकामा ७८ वटा सवारी दुर्घटना भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कात्तिक २१ गतेदेखि २५ गतेसम्मको अवधिमा उक्त दुर्घटना भएका हुन् । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । उक्त अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९५ जना र लागुऔषध सेवन गरी सवारी चलाउने १८ जना कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने कुल २ हजार २ सय २१ जनालाई कारबाही गरिएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार तिहार अवधिमा भएका सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति देखिएको छ । तीव्र गतिमा सवारीसाधन चलाउँदा चालकले नियन्त्रण गुमाउने र सवारी अनियन्त्रित भएर दुर्घटना हुने गरेको उनले बताए । उनका अनुसार तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति दुर्घटनाको प्रमुख कारणका रूपमा देखिएको छ । चाडपर्वको समयमा सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले चालकले गति नियन्त्रण गर्दै ट्राफिक नियमको पालना गर्नुपर्ने उनको भनाइ छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि तीव्र गति, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने कार्य नियन्त्रणमा विशेष निगरानी गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या
Latest NewsJust now

मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या

धनुषा। मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या देखिएको छ। बहुआयामिक वञ्चितीकरण भन्नाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपनी सरसफाइ, आवास र सूचनाको पहुँचजस्ता अधिकारबाट एकै साथ वञ्चित हुने... ...

रातोपाटी
भीमफेदी दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त
Latest NewsJust now

भीमफेदी दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति दुःखः व्यक्त गरेका छन्। सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा नागरिकले अकालमै ज्यान गुमाउनु परेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताएका छन्। उनले भनेका छन्, “एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको ...

नेपालन्युज
भीमफेदी दुर्घटनाप्रति रास्वपा स्तब्ध : घाइतेको निःशुल्क उपचार र पीडित परिवारलाई तत्काल राहत दिन माग
Latest NewsJust now

भीमफेदी दुर्घटनाप्रति रास्वपा स्तब्ध : घाइतेको निःशुल्क उपचार र पीडित परिवारलाई तत्काल राहत दिन माग

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको भीमफेदीमा भएको दर्दनाक माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको प्रभावकारी तथा निःशुल्क उपचार र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग... ...

रातोपाटी
सन्दीपले उत्कृष्ट बलिङ गर्दा १३२ रनमै समेटियो पोखरा
Latest NewsJust now

सन्दीपले उत्कृष्ट बलिङ गर्दा १३२ रनमै समेटियो पोखरा

विराटनगर किंंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १३३ रनमा समेटिएको छ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भयो।  पोखरालाई कम स्कोरमा रोक्न सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए। आफ्नो टी–२० करियरको ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play