Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

तिहारमा आगलागी नियन्त्रणको पूर्वतयारी अभ्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा आगलागी नियन्त्रणको पूर्वतयारी अभ्यास
Photo / Coverage: नेपालन्युज

झापा।तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले आज भद्रपुरमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी पूर्व तयारी अभ्यास गरेको छ। भद्रपुर नगरपालिकासँगको सहकार्यमा गरिएको अभ्यासको उद्देश्य सम्भावित आगलागीका घटनामा तत्काल प्रतिकार्य गरी उद्धार तथा आगो नियन्त्रणमार्फत जनधनको क्षति न्यूनीकरण गर्नु रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले चाडपर्वका समयमा आगलागीको जोखिम बढ्ने भएकाले त्यसको सामना गर्न सुरक्षाकर्मीलाई तयारी अवस्थामा राख्न अभ्यास गरिएको बताए। अभ्यासका क्रममा सशस्त्र प्रहरी कर्मचारीले आगलागी नियन्त्रणका उपकरण प्रयोग, आगो निभाउने विधि तथा उद्धार कार्यको व्यावहारिक अभ्यास गरेका थिए। यस्ता अभ्यासले सुरक्षाकर्मीको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै विपद्का समयमा स्थानीय तह र अन्य सरोकारवाला निकायसँगको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताए। उनले तिहारमा पटका तथा अन्य प्रज्वलनशील सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन र घर तथा पसलमा आगो एवं विद्युतीय उपकरण सुरक्षित रूपमा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युद्धमा फर्कँदा कसैलाई फाइदा हुँदैन : इरानी राष्ट्रपति
Latest NewsJust now

युद्धमा फर्कँदा कसैलाई फाइदा हुँदैन : इरानी राष्ट्रपति

काठमाडाैँ । ‘स्ट्रेट अफ होर्मुज’मा पर्ने इरानी टापुमा अमेरिकी आक्रमण भएको खबर सार्वजनिक भएको केही घण्टापछि इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मङ्गलबार युद्ध पुनः सुरु हुँदा कसैलाई फाइदा नहुने बताएका छन्। अमेरिकी... ...

रातोपाटी
सिड्नीमा प्रकाश, आशिष र रचनाले एउटै मञ्चमा प्रस्तुति दिने
Latest NewsJust now

सिड्नीमा प्रकाश, आशिष र रचनाले एउटै मञ्चमा प्रस्तुति दिने

अस्ट्रेलियाको सिड्नीमा नेपाली गीतसंगीत र संस्कृतिको उत्सव मनाउने तयारी गरिएको छ। आगामी नोभेम्बर ७ मा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा नेपालका चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन्। महोत्सवमा गायक प्रकाश सपुत, आशिष सचिन र गायिका रचना रिमाल मुख्य आकर्षणका रूपमा रहनेछन्। उनीहरूले आफ्ना चर्चित तथा लोकप्रिय गीतमार्फत सिड्नीमा रहेका नेप... ...

नेपालखबर
सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड
Latest NewsJust now

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकार, बिमा प्राधिकरण, बिमा कम्पनी र किसानबिच समन्वय तथा सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम... ...

रातोपाटी
बिग मुभिज अब अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा
Latest NewsJust now

बिग मुभिज अब अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा

काठमाडौं । पहिलो मल्टिप्लेक्स बिग मुभिजले अत्याधुनिक प्रविधि र सुविधासहित हलको पुनर्निर्माण तथा स्तरोन्नति गरेको छ । कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले अत्याधुनिक दृश्य प्रविधि, थ्रीडी इमर्सिभ साउन्ड सिस्टम, लक्जरी सिटिङ र आकर्षक वातावरणसहित दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको सिनेमा अनुभव प्रदान गर्ने जनाएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले ‘एक्सपेरियन्स सिनेमा, एक्सपेरियन्स द डिफरेन्स’ भन्ने मूल नारासहित हलको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play