Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

तिहारका लागि आजदेखि राष्ट्र बैंकले बेच्दैछ सुन र चाँदीका सिक्का, यस्तो छ व्यवस्था

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारका लागि आजदेखि राष्ट्र बैंकले बेच्दैछ सुन र चाँदीका सिक्का, यस्तो छ व्यवस्था
Photo / Coverage: पर्दाफास

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ । बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन-चाँदीका सिक्का खरिद-बिक्री हुनेछ । खरिद-बिक्रीको काम आज र भोलि दुई दिनसम्म हुनेछ । राष्ट्र बैंकले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित)एक/एक थानका दरले बढीमा दुई थान प्राप्त गर्न सकिने जनाएको छ । सेवाग्राहीले राष्ट्र बैंकको टक्सार शाखाबाट बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म असर्फी र मेडालियन लिन सक्नेछन् । राष्ट्र बैंकले असर्फी तथा मेडालियन खरिदका लागि नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्ने जनाएको छ । असर्फी तथा मेडालियन खरिदको लागि नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । राष्ट्र बैंकले असर्फी तथा मेडालियनको मूल्य दैनिक रूपमा बिहानको करिब ११:०० बजेपछि निर्धारण हुने भएकाले मूल्य निर्धारणपश्चात् मात्र बिक्री हुने सूचनामार्फत जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?
OthersJust now

एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहिबार) दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। अपराजित लुम्बिनी लायन्सले तीन खेलमा दुई जित निकालेको छ भने एक खेलमा अङ्क बाँडेको छ । पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी चौथो जितको खोजीमा छ । उता जनकपुरले चार खेल खेलिसक्दा ...

पर्दाफास
कस्तो रहनेछ आजको मौसम ?
OthersJust now

कस्तो रहनेछ आजको मौसम ?

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । मधेश, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका ...

पर्दाफास
एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने
OthersJust now

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्ने छन् । दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाज आमने-सामने हुनेछन् । ...

अनलाइन खबर
बाढीले बगर बनाएको खेतमा बदामखेती
OthersJust now

बाढीले बगर बनाएको खेतमा बदामखेती

बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही भएका छन् । बजारमा उनले फलाएको बदाम प्रतिकेजी १०४ रुपैयाँका दरले बिक्री भइरहेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play