Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?
Photo / Coverage: पर्दाफास

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहिबार) दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। अपराजित लुम्बिनी लायन्सले तीन खेलमा दुई जित निकालेको छ भने एक खेलमा अङ्क बाँडेको छ । पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी चौथो जितको खोजीमा छ । उता जनकपुरले चार खेल खेलिसक्दा दुई हार र दुई जित निकाल्दै चार अंक जोडेको छ । जनकपुर तालिकाको चौथो स्थानमा छ । समान अंक भएका कर्णाली र विराटनगर रनरेटका आधारमा अगाडि छन् । तेस्रो जितको खोजीमा रहेको जनकपुरले पाँचौ खेल खेल्दै छ । त्यस्तै आजै साँझा ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स भिड्दै छन्। दुई खेलमा एक हार र एक जित निकालेको काठमाडौँ दोस्रो जितको खोजीमा छ । दुई अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काठमाडौँका लागि आजको खेल जित्नैपर्ने दबाब छ । चार खेलमा दुई जित निकालेको विराटनगर किंग्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पाँचौ खेलमा तेस्रो जितको खोजीमा हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कस्तो रहनेछ आजको मौसम ?
OthersJust now

कस्तो रहनेछ आजको मौसम ?

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । मधेश, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका ...

पर्दाफास
एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने
OthersJust now

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्ने छन् । दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाज आमने-सामने हुनेछन् । ...

अनलाइन खबर
बाढीले बगर बनाएको खेतमा बदामखेती
OthersJust now

बाढीले बगर बनाएको खेतमा बदामखेती

बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही भएका छन् । बजारमा उनले फलाएको बदाम प्रतिकेजी १०४ रुपैयाँका दरले बिक्री भइरहेको छ । ...

अनलाइन खबर
रेल सेवा व्यवस्थित गर्न माग
OthersJust now

रेल सेवा व्यवस्थित गर्न माग

अभियानले रेल यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित प्रबन्ध गर्न माग गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play