Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

तिहार मनाउन घर आएकै दिन प्रेमीसँग मिलेर मध्यराती श्रीमानको हत्या, पत्नीसँगै प्रेमी पनि पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार मनाउन घर आएकै दिन प्रेमीसँग मिलेर मध्यराती श्रीमानको हत्या, पत्नीसँगै प्रेमी पनि पक्राउ
Photo / Coverage: जनताटाइम्स

मोरङ, कात्तिक २३ । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरका प्रेमीसँग मिलेर पत्नीले नै श्रीमानको हत्या गरेको तथ्य खलेको छ । झेराहाटको उद्योगमा मजदुरी गर्दै आएका ४० वर्षीय बुधराम सोरेनको तिहार मनाउन आइतवार घर आएकै राती प्रेमीसँग मिलेर श्रीमतीले नै हत्या गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार तिहार मनाउन घर आएका बेला सोरेनको हत्या भयो । उहाँका अनुसार फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती र उनका प्रेमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या आरोपमा सोरेनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार राज्यअन्तर्गत कटिहारका २७ वर्षीय सुनिल मिश्रलाई पक्राउ गरिएको एपसी कटवालले जानकारी दिनुभयो । एसपी कटवालका अनुसार प्रारम्भिक अनुसन्धानबाट तिहार मनाउन घर फर्किएका बुधराम, उनकी श्रीमती कमली र प्रेमी सुनिलले घरमै मदिरा सेवन गरेको देखिएको छ । मदिराले मातेपछि बुधराम कोठामा सुत्न गए । बुधराम निदाएपछि कमली र सुनिलको योजनाअनुसार उनको टाउकोमा फलामको रड प्रहार गरे । टाउकोमा गम्भीर चोट लागेका सोरेनको घटनास्थलमै मृत्यु भयो । हत्यापछि उनीहरूले कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएर हिँडे । पछि मृतककी १३ वर्षीय छोरीले ढोकाको चाबी खोलेर हेर्दा बुबालाई रक्ताम्य अवस्थामा देखेपछि घटना सार्वजनिक भएको थियो । त्यसपछि स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेको प्रहरीले घर नजिकै लुकेको अवस्थामा प्रेमीलाई पक्राउ गर्‍यो । कमली भने फरार थिइन् । कमलीलाई प्रहरीले सोमबार बिहान घरबाट थोरै टाढा रहेको धानबारीबाट नियन्त्रणमा लिएको हो । झोला बोकेर उनी भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । एसपी कटवालका अनुसार कमली र भारतीय नागरिक सुनिलबीच केही समयदेखि विवाहेत्तर प्रेम सम्बन्ध चलिरहेको थियो । सो सम्बन्धबारे पति बुधरामले थाहा पाएका थिए । सम्बन्धलाई लुकाउन दुवै मिलेर योजनाबद्ध रूपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंले दियो चितवनलाई १ सय ८१ रनको बलियो लक्ष्य
PoliticsJust now

काठमाडौंले दियो चितवनलाई १ सय ८१ रनको बलियो लक्ष्य

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १ सय ८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको हो । काठमाडौंका लागि अलराउन्डर राशिद खानले सर्वाधिक ५२ रन बनाए । उनले ३० बलमा २ चौका र ...

फरकधार
बालेनले किन रोजे ‘लुसिफर’ गीत ? बुझ्नुहोस् बाइबलको कथा र नेपाली राजनीतिको संयोग
PoliticsJust now

बालेनले किन रोजे ‘लुसिफर’ गीत ? बुझ्नुहोस् बाइबलको कथा र नेपाली राजनीतिको संयोग

काठमाण्डु – कालो चस्मा, कालो पहिरन, कपाल मिलाउँदै क्यामेरातर्फ हेरेको हाउभाउ र पृष्ठभूमिमा बजिरहेको अमेरिकी र्‍यापर जे–जीको चर्चित गीत ‘लुसिफर’। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सोमबार आफ्नो आधिकारिक फेसबूक पेजबाट सार्वजनिक गरेको एउटा तस्वीरले नेपाली राजनीतिक वृत्तमा फेरि एउटा पुरानो शब्दलाई चर्चाको केन्द्रमा ल्याएको छ – लुसिफर । तिहारको सार्वजनिक बिदाका बेला सोमबार प्रधानमन्त्री शाहले सार्वजनिक […] ...

काठमाण्डुपाटी
तिहारमा पनि रोकिएन विदेशिनेको लर्को [तस्बिरहरू]
PoliticsJust now

तिहारमा पनि रोकिएन विदेशिनेको लर्को [तस्बिरहरू]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेटिएका राकेश परियारको अनुहारमा खुसी देखिएको थिएन । यद्यपी, उनमा विदेश जाने उत्साह भने थियो ।  रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गइरहेका परियार भाइटिकाको पूर्वसन्ध्यामा विदेश जाने बाध्यताका कारण दुःखी देखिन्थे । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले तिहारको दिन विदेशिनुपर्दा दुःख लागेको बताउँदै पढाइ सकिएपछि रोजगारीको लागि विदेश जाने निर्णय गरेको बताए । ‘दुःख लागेको छ, ...

फरकधार
फ्रि-किकदेखि ब्याकहिलसम्म, यी हुन् रोनाल्डोका १० उत्कृष्ट गोल
PoliticsJust now

फ्रि-किकदेखि ब्याकहिलसम्म, यी हुन् रोनाल्डोका १० उत्कृष्ट गोल

विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल यात्रा अब इतिहास बनेको छ । २३ वर्षभन्दा लामो समय पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलेका रोनाल्डोले आफ्नो देशका लागि अनेकौँ कीर्तिमान बनाए । तर, उनको करिअर केवल गोल र उपाधिमा मात्र सीमित छैन । रोनाल्डोले गरेका केही गोलले विश्व फुटबलमा छुट्टै छाप छोडेका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २ सय ३४ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play