Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

तारा सिन्चुरी हत्या प्रकरण : एक संदिग्ध न्यूयोर्कबाट पक्राउ, अर्काको खोजी जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
तारा सिन्चुरी हत्या प्रकरण : एक संदिग्ध न्यूयोर्कबाट पक्राउ, अर्काको खोजी जारी
Photo / Coverage: हिमालय टाइम्स

न्यूयोर्क । अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा नेपालीभाषी भुटानी व्यवसायी तारा सिन्चुरीको गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई न्यूयोर्कबाट पक्राउ गरेको छ । अर्का संदिग्धको खोजी न्यूयोर्क र न्यू जर्सी क्षेत्रमा जारी रहेको प्रहरीले जनाएको छ । फेयरफिल्ड प्रहरीको विज्ञप्तिअनुसार पक्राउ पर्नेमा कार्लोस इड्रोगो–आरियास (Carlos Idrogo-Arias) छन् । अर्का संदिग्ध रिचर्ड गुजमान–गुजमान (Richard Guzman-Guzman) भने फरार छन् । उनी न्यूयोर्क वा न्यू जर्सी क्षेत्रमा हुन सक्ने प्रहरीको अनुमान छ । अमेरिकी मार्शल्सको सहयोगमा फेयरफिल्ड प्रहरीको टोलीले न्यूयोर्क सिटी पुगेर इड्रोगो-आरियासलाई पक्राउ गरेको हो । उनलाई ओहायो ल्याउन सुपुर्दगी प्रक्रिया अघि बढाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दुवै संदिग्ध ग्राहक बनेर फेयरफिल्डस्थित एभरेस्ट ज्वेलर्समा प्रवेश गरेका थिए । गहना किन्ने बहाना गरेका उनीहरूले पछि बन्दुक निकालेको र त्यसक्रममा सिन्चुरीसँग संघर्ष भएको प्रहरीको भनाइ छ । गोली लागेर सिन्चुरीको मृत्यु भएपछि संदिग्धहरू पसलबाट बहुमूल्य सामान लिएर फरार भएको प्रहरीले जनाएको छ । घटनापछि प्राप्त सवारीसाधनसम्बन्धी सूचना, फ्लक (Flock) निगरानी क्यामेराका विवरण र पसलभित्रको सुरक्षा क्यामेराको फुटेज विश्लेषण गरेर अनुसन्धानकर्ताहरूले दुई संदिग्धको पहिचान गरेका थिए । ५२ वर्षीय सिन्चुरीको हत्या सन् २०२६ अक्टोबर २० मा भएको थियो । दिउँसो करिब १२ बजेर ५४ मिनेटमा गोली चलेको खबर पाएपछि प्रहरी ६६७९ डिक्सी हाइवेस्थित एभरेस्ट ज्वेलर्स पुगेको थियो । प्रहरीले उनलाई पसलभित्र गोली लागेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो । प्रहरीले घटनालाई लुटपाटसँग जोडिएको हत्या प्रकरणका रूपमा अनुसन्धान गर्दै आएको छ । घटनापछि अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) फेयरफिल्ड प्रहरीसँग सम्पर्कमा रहेको र एटीएफले पनि अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको थियो । परिवारकाअनुसार सिन्चुरी भुटानमा जन्मिएका थिए । सन् १९९२ मा त्यहाँबाट विस्थापित भएको उनको परिवारले नेपालमा करिब २० वर्ष शरणार्थी जीवन बिताएपछि अमेरिकामा पुनर्वास पाएको थियो । सिन्चुरीले फेयरफिल्डमा एभरेस्ट ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । उनको हत्याले परिवारसँगै ग्रेटर सिनसिनाटी क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी भुटानी समुदायलाई स्तब्ध बनाएको थियो । नेपाली भाषा तथा कला केन्द्रसँग आबद्ध समाजसेवी तारा दाहालले एक जना संदिग्ध पक्राउ परेको खबरले परिवार र समुदायलाई केही राहत मिलेको बताएका छन् । “हाम्रो प्रिय समुदायका सदस्य तथा मित्रको दुःखद हत्यामा संलग्न रहेको आशंका गरिएका व्यक्तिमध्ये एक जना पक्राउ परेको खबरले उत्साह र राहत मिलेको छ। परिवार, साथीभाइ र सम्पूर्ण समुदाय दोषीहरू कानुनी दायरामा आउने आशामा यो खबरको प्रतीक्षामा थिए,” दाहालले भनेका छन् । उनले अर्का संदिग्ध पनि चाँडै पक्राउ पर्ने र अनुसन्धान निष्कर्षमा पुग्ने आशा व्यक्त गरेका छन् । दाहालकाअनुसार सिन्चुरीको हत्यापछि ग्रेटर सिनसिनाटी र ओहायोका अन्य व्यवसायीमा पनि असुरक्षाको भावना बढेको छ । केही व्यवसायीले आफ्नो सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै पसल खोल्नसमेत हिचकिचाउन थालेको उनको वक्तव्यमा उल्लेख छ । दाहालले अनुसन्धानमा फेयरफिल्ड प्रहरीले गरेको प्रयासप्रति नेपालीभाषी भुटानी समुदायका तर्फबाट धन्यवाद दिएका छन् । स्थानीय, राज्य र संघीय सुरक्षा निकायसँग सहकार्य गर्न समुदाय तयार रहेको पनि उनले बताएका छन् । सिन्चुरीको हत्यापछि परिवार, आफन्त र समुदायका सदस्यले निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आएका छन् । अक्टोबर २३ मा आयोजित श्रद्धाञ्जली सभामा सयौँ मानिस सहभागी भएका थिए । सहभागीहरूले सिन्चुरीको सामाजिक योगदानको स्मरण गर्दै न्यायको माग गरेका थिए । एक जना संदिग्ध पक्राउ परेसँगै अनुसन्धानमा प्रगति भए पनि अर्का संदिग्धको खोजी जारी छ। पक्राउ परेका इड्रोगो-आरियासलाई ओहायो ल्याउने प्रक्रिया अघि बढिरहेका बेला पीडित परिवार र समुदायले न्यायको प्रतीक्षा गरिरहेका छन् । स्रोत: Local 12 (WKRC), फेयरफिल्ड प्रहरीसम्बन्धी प्रकाशित बिज्ञाप्ति,स्थानिया भूटानी समुदयसगको कुराकानी, WLWT र FOX19।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दराजको ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार
Latest NewsJust now

दराजको ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार

दराजको यस वर्षको सबैभन्दा ठूलो किनमेल उत्सव ‘दराज ११.११’ अभियान नोभेम्बर १९, २०२६ (मंसिर ३, २०८३) सम्म चल्ने भएको छ।  यस विस्तारसँगै ग्राहकहरूले चाडपर्वको अवसरमा ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर तथा छनोट गरिएका सामग्रीमा निःशुल्क घरदैलोमा सामान पुर्‍याउने सुविधासहितका आकर्षक अवसरहरूको थप लाभ लिन सक्नेछन्। अभियानका सु... ...

नेपालखबर
लिबर्टी माइक्रो लाइफको नाफा ८४ प्रतिशतले घट्यो,बीमाशुल्क र कोषमा भने उत्साहजनक वृद्धि
Latest NewsJust now

लिबर्टी माइक्रो लाइफको नाफा ८४ प्रतिशतले घट्यो,बीमाशुल्क र कोषमा भने उत्साहजनक वृद्धि

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको व्यापार र कोषको आकारमा उल्लेख्य वृद्धि देखिए पनि खुद नाफामा भने भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले जम्मा ३ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन ...

टक्सार
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी कूटनीतिक प्रयास तीव्र
Latest NewsJust now

रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी कूटनीतिक प्रयास तीव्र

वासिङ्टन डीसी । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाले कूटनीतिक प्रयास तीव्र बनाएको छ । अमेरिकी विशेष दूत जेरेड कुसनरले रुस र युरोपेली देशहरूबिच प्रत्यक्ष संवाद गराउने तथा रुस, युक्रेन... ...

रातोपाटी
छठ पर्वले सामाजिक सद्भाव र समृद्धिको प्रेरणा दिने प्रधानमन्त्री शाहको विश्वास
Latest NewsJust now

छठ पर्वले सामाजिक सद्भाव र समृद्धिको प्रेरणा दिने प्रधानमन्त्री शाहको विश्वास

• प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् र यस पर्वले सकारात्मक ऊर्जा भर्ने विश्वास व्यक्त गरेका छन्। • उनले छठ पर्वलाई प्रकृति र आस्थासँग जोडिएको महान् पर्वका रूपमा उल्लेख गर्दै यसको धार्मिक र सांस्कृतिक महत्त्वको बारेमा जानकारी दिएका छन्। • प्रधानमन्त्रीले छठ पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सकारात्मक सोचलाई बलियो बनाउने ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play