ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित

काठमाडौं । शक्तिशाली आँधी ‘चाम्पी’ ताइवानतर्फ अघि बढेपछि शुक्रबार २२ मध्ये २१ वटा सहर तथा जिल्लामा विद्यालय र कार्यालय बन्द गरिएका छन् । आँधीका कारण एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । ताइवानमा २४ घण्टामै केही क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै एक हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीका कारण शुक्रबारका लागि तय गरिएका सबै २६२ आन्तरिक उडान र ६६० भन्दा बढी अन्तर्राष्ट्रिय उडान रद्द गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रेल तथा नौका सेवा पनि प्रभावित भएका छन् भने केही राजमार्ग बन्द गरिएको छ । ताइवानको मौसम विभागले आँधी शनिबार साँझसम्म सक्रिय रहने अनुमान गरेको छ । उत्तरी क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकाले सर्वसाधारणलाई समुद्री तट र पहाडी क्षेत्रमा नजान चेतावनी दिइएको छ । आँधी जापानतर्फ अघि बढ्ने अनुमान गरिएको छ । जापानमा पनि सयभन्दा बढी उडान रद्द भएका छन् भने ओकिनावा क्षेत्रमा ३ हजार ६३० घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ । यस वर्ष पूर्वी एसियामा आँधीको गतिविधि बढेको छ । जापानमा यस वर्षको आँधीको सङ्ख्या ३० पुगेको जनाइएको छ । मौसमविद्हरूले प्रशान्त महासागरमा देखिएको शक्तिशाली एल निनोका कारण यस वर्ष थप आँधी विकसित हुन सक्ने बताएका छन् । The post ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ
दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् । अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, ...

दसैंपछि गुलजार बन्दै काठमाडौंका सडक
दसैंका बेला सुनसानप्रायः देखिएका उपत्यकाका सडकमा शुक्रबारदेखि सार्वजनिक सवारीसाधन र पैदलयात्रुको चहलपहल बाक्लिएको हो। ...

एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्ले अन्तर्राष्ट्रिय अतिथि वक्ता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै छन्। अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा बिहीबार नयाँदिल्ली पुगेका उनले समिटअन्तर्गत ‘निकटताबाट समृद्धि: भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने भएका हुन्। यसअघि अर्थमन्त्री... ...

द्वन्द्वको साक्षी वसन्तपुर डाँडा, अहिले पर्यटकीय गन्तव्य
बुटवल।सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच भीडन्तको घटनाबाट चिनिएको वसन्तपुर डाँडाको स्वरुप अहिले परिवर्तन भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा केबुलकार सञ्चालनसँगै लगानी भित्रिने क्रम पनि बढेको छ। पछिल्लो चार वर्षदेखि वसन्तपुर डाँडामा लुम्बिनी केबुलकार सञ्चालनमा आएपछि सो डाँडा रमणीय पर्यटकीय आर्कषणको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ। बुटवल बजारबाट करिव दुई घण्टाको पैदल यात्रामा त्यहाँ पुग्ने पर्यटकले ...


