ताइवानतर्फ शक्तिशाली समुद्री आँधी, पूर्वी एशियामा सयौँ उडान रद्द

Reuters चम्पी नामक शक्तिशाली समुद्री आँधी ताइवानतर्फ बढिरहँदा त्यसको चौतर्फी असर देखिन थालेको छ।प्रतिघण्टा १७३ किलोमिटर वेगको समुद्री आँधीले पूरै ताइवानलाई चपेटामा पार्ने अनुमान गरिएको छ।जापानमा समेत पुग्ने उक्त समुद्री आँधी अगाडि बढ्दै गर्दा पूर्वी एशियामा सयौँ हवाई उडानहरू रद्द गरिएका छन्। समुद्री आँधी आउँदा अन्तरिक्षबाट ठाउँठाउँमा देखियो चट्याङ टाइफूनका कारण झ्यालहरूमा क्षति ताइवानमा करिब १२५ वटा उडानहरू रद्द गरिएका छन्, जसमध्ये अधिकांश आन्तरिक उडानहरू रहेका छन्।केही रेल सेवा र फेरि सेवा पनि स्थगित गरिएका छन् भने पार्क तथा पर्यटकहरू जाने स्थलहरू बन्द गराइएको छ।उच्च सतर्क रहन अनुरोध CIRA and JMA/JAXA/Reuters जापानका प्रमुख एअरलाइनहरूमध्ये जापान एअरलाइन्स र एएनएले १६० भन्दा बढी उडानहरू रद्द गरेका छन्।अधिकांश बिहीवार र आइतवारबीचका आन्तरिक उडानहरू रहेका छन्। ती उडानहरू रद्द गरिँदा अनुमानित कम्तीमा ११ हजार यात्रुहरू प्रभावित हुने ठानिएको छ।ताइवानी अधिकारीहरूले बिहीवार नै चेतावनी जारी गरिसकेका छन्। ताइवानका प्रधानमन्त्रीले मानिसहरूलाई उच्च जोखिम क्षेत्रमा नजान अपील गरेका छन्।समुद्री आँधीले पुर्याउने असरलाई ध्यानमा राख्दै शैक्षिक संस्थाका साथै कार्यालयहरू बन्द गराइएका छन्।ताइवनको राष्ट्रिय अग्निनियन्त्रणसम्बन्धी निकायका प्रमुखले समुद्री आँधी ताइवानबाट बाहिरिएपछि पहाडी क्षेत्र, खोलाखोल्सा र समुद्री तटहरूदेखि टाढा रहन अनुरोध गरेका छन्। विमान चढेर शक्तिशाली समुद्री आँधी पछ्याउँदै अमेरिकी वायुसेनामौसमविद्लाई पनि 'भावुक' बनाउने मिल्टन आँधी ‘चरम मौसमी घटना बढ्दाको क्रोध हो’ अधिकारीहरूका अनुसार समुद्री छालले बगाउँदा अहिलेसम्म एक जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।एक हजार जनाभन्दा बढी मानिसहरूलाई उनीहरूका घरबाट सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।चम्पी आँधी शनिवार अपराह्नपछि जापानतर्फ बढ्न थाल्ने पूर्वानुमान छ। जापानमा अहिले नै ३,६३० घरधुरीमा बिजुली आपूर्ति प्रभावित भएको ओकिनावा इलेक्ट्रिक पावरले जनाएको छ।उक्त कम्पनीका अनुसार शक्तिशाली वर्षा र हुरीले मर्मतसम्भारको काम प्रभावित भइरहेको छ।टोक्योमा शुक्रवार बादल लागेको छ। तर शनिवारबाट लगातार चार दिनसम्म पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद्हरूले बताएका छन्।जापानकी प्रधानमन्त्री सनाए तकाइचीले समुद्री आँधीलाई लिएर उच्च सतर्कता अपनाउन अपील गरेकी छन्। घना बस्ती भएको क्षेत्रमा फैलिँदै समुद्री आँधी'एक दशकमा एक पटक' खालको आँधी पश्चिम अस्ट्रेलियामा बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ
दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् । अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, ...

दसैंपछि गुलजार बन्दै काठमाडौंका सडक
दसैंका बेला सुनसानप्रायः देखिएका उपत्यकाका सडकमा शुक्रबारदेखि सार्वजनिक सवारीसाधन र पैदलयात्रुको चहलपहल बाक्लिएको हो। ...

एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्ले अन्तर्राष्ट्रिय अतिथि वक्ता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै छन्। अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा बिहीबार नयाँदिल्ली पुगेका उनले समिटअन्तर्गत ‘निकटताबाट समृद्धि: भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने भएका हुन्। यसअघि अर्थमन्त्री... ...

द्वन्द्वको साक्षी वसन्तपुर डाँडा, अहिले पर्यटकीय गन्तव्य
बुटवल।सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच भीडन्तको घटनाबाट चिनिएको वसन्तपुर डाँडाको स्वरुप अहिले परिवर्तन भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा केबुलकार सञ्चालनसँगै लगानी भित्रिने क्रम पनि बढेको छ। पछिल्लो चार वर्षदेखि वसन्तपुर डाँडामा लुम्बिनी केबुलकार सञ्चालनमा आएपछि सो डाँडा रमणीय पर्यटकीय आर्कषणको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ। बुटवल बजारबाट करिव दुई घण्टाको पैदल यात्रामा त्यहाँ पुग्ने पर्यटकले ...


