Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

तस्करी रोक्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण, ६ राउण्ड हवाई फायर

Share:WhatsAppFacebookX (Twitter)Telegram
तस्करी रोक्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण, ६ राउण्ड हवाई फायर
Photo / Coverage: नेपालन्युज

काठमाडौं। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-५, गेरमा तस्करी रोक्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको खरबुजाको बीउ नियन्त्रणमा लिने क्रममा तस्करको समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेको हो। सीमा सुरक्षा गुल्म हरपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको सात सदस्यीय टोलीमाथि करिब १०० देखि १५० जनाको समूहले आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ। घटनामा सशस्त्र प्रहरीका चार जना कर्मचारी सामान्य घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ६ राउण्ड हवाई फायर गर्नुपरेको थियो। प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन। प्रहरी टोलीले तस्करी गरी भारततर्फ लैजाँदै गरेको २० देखि २५ बोरा खरबुजाको बीउ नियन्त्रणमा लिएको थियो। तर, ठूलो सङ्ख्यामा आएको समूहले प्रहरीमाथि आक्रमण गर्दै नियन्त्रणमा लिइएको सामानसमेत खोसेर लगेपछि स्थिति तनावपूर्ण बनेको थियो। घटनापछि प्रहरीले दुई बोरा खरबुजाको बीउ मात्रै नियन्त्रणमा राख्न सकेको जनाएको छ। घटनालगत्तै थप सुरक्षा मद्दतका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट थप टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पछिल्लो समय तस्करी नियन्त्रणका क्रममा सुरक्षाकर्मीमाथि आक्रमणका घटना बढ्दै गएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इरानमा डलरको मूल्य तीन लाख तोमान नजिक, रियाल ऐतिहासिक रूपमा कमजोर
Latest NewsJust now

इरानमा डलरको मूल्य तीन लाख तोमान नजिक, रियाल ऐतिहासिक रूपमा कमजोर

काठमाडौं । इरानको अनौपचारिक मुद्रा बजारमा अमेरिकी डलरको मूल्य तीन लाख तोमान नजिक पुगेको छ । इरानी मुद्रा रियाल लगातार कमजोर बन्दै गएपछि डलरको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । नोभेम्बर २८ मा खुला बजारमा एक अमेरिकी डलरको मूल्य करिब २९ लाख ९२ हजारदेखि २९ लाख ९९ हजार रियालसम्म पुगेको थियो । इरानमा दैनिक कारोबारमा प्रयोग हुने तोमानमा यो मूल्य करिब ...

कर्पोरट खबर
कार्की बने ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल च्याम्पियन
Latest NewsJust now

कार्की बने ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल च्याम्पियन

गोकर्ण गल्फ क्लबमा शनिबार र आइतबार गरी दुई दिन आयोजित प्रतियोगिताको १० ह्यान्डिक्यापमा खेलेका कार्कीले ४२ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जितेका हुन् । ...

कान्तिपुर
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त
Latest NewsJust now

ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका छन्। यूएईले नेपालमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ क्वालिफायर प्लेअफका... ...

रातोपाटी
आत्मघाती गोल खाएपछि एभर्टनको घरेलु मैदानमा रोकियो लिभरपुल
Latest NewsJust now

आत्मघाती गोल खाएपछि एभर्टनको घरेलु मैदानमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिगअन्तर्गत मर्सिसाइड डर्बीमा लिभरपुलले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको छ । आइतबार एभर्टनको घरेलु मैदान हिल डिकिन्सन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा जितको नजिक पुगेको लिभरपुल अन्ततः बराबरीमा चित्त... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement