डोल्पा कारागारबाट कैदी फरार घटना छानबिन गर्न समिति गठन

<p>जिल्ला कारागार डोल्पाबाट कैदी फरार घटना छानबिनका लागि समिति गठन गरिएको छ । प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख तथा डीएसपी अनिलराज गिरीले जानकारी दिए ।</p> <p>उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालय डोल्पाका एक जना प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य छन् । समितिले प्रतिवेदन दिएपछि घटनाको सत्यतथ्य बाहिर आउने उनले बताए । शुक्रबार राति कारागारबाट सुरुङ खनेर कैदीहरु फरार भएका थियो । कैदीबन्दी ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर कारागारबाट भागेका थिए ।</p> <p>फरार हुनेमा करणी मुद्दाका पाँच जना र चोरी मुद्दाका तीन जना रहेका छन् । करणी मुद्दाका रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालीप्रसाद रोकाया, वडा नम्बर ४ का धनबहादुर बुढा भनिने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक चोरी मुद्दाका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भनिने कपिल परियार, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी फरार भएका छन् ।</p>
Read Complete Original Article
Published originally on पर्दाफास






