काठमाडौं । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको पूर्वीउत्तरी क्षेत्र जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटकाअनुसार दुर्घटनामा परेर दुई जनाको घटनास्थल मै मृत्यु भएको छ भने चालकसहित ट्याक्टरमा सवार पाँच जना घाइते भएका हुन्। मृत्यु हुनेमा जगन्नाथ–३ मनिकाँडाका अन्दाजी ४५ वर्षका धनरुप शाही र अन्दाजी ३५ वर्षका धर्म शाही छन्। यस्तै, ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ बस्ने अन्दाजी २१ वर्षका नबिन बोहरा, बाजुरा जगन्नाथ–३ मनिकाँडा बस्ने अन्दाजी ४० वर्षीय बिउरा ओड, अन्दाजी २२ वर्षीया सङ्गीता शाही, अन्दाजी ४५ वर्षीय सिद्धा ओड र अन्दाजी ५२ वर्षीय रामसरादेवी सिंह घाइते भएका छन। उनीहरू सबैको कोल्टी अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर भाटले जानकारी दिए। पिलुचौर बजारबाट मनिकाँडा जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको थियो। घटनाबारे यकिन विवरण संकलन र थप अनुसन्धानकार्य भइरहेको प्रहरीले जनाएको छ।
ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, ५ घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






