Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टोटनह्यामसँग चेल्सी स्तब्ध

टोटनह्यामसँग चेल्सी स्तब्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
टोटनह्यामसँग चेल्सी स्तब्ध

काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले चेल्सीलाई पराजित गरेको छ । शनिबार राति चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा टोटनह्यामले २–० गोलको जित हासिल गरेको हो । टोटनह्यामको जितमा माथिस टेलले एक गोल गरेका थिए भने चेल्सीका गोलरक्षक माइक पेन्डर्सले आत्मघाती गोल गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७७औँ मिनेटमा पेन्डर्सले टोटनह्यामको कर्नर प्रहार रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि पाहुना टोलीले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि चेल्सीका कोल पाल्मर दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो । खेलको ८७औँ मिनेटमा माथिस टेलले उत्कृष्ट गोल गर्दै टोटनह्यामको जित सुनिश्चित गरेका थिए । यस जितसँगै टोटनह्यामले प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । टोटनह्यामले यसअघि चेल्सीको घरेलु मैदानमा सन् २०१८ मा जित हासिल गरेको थियो । यस जितपछि टोटनह्याम ८ खेलबाट ९ अङ्कसहित १२औँ स्थानमा उक्लिएको छ भने चेल्सी समान खेलबाट १३ अङ्कसहित चौथो स्थानमा रहेको छ । The post टोटनह्यामसँग चेल्सी स्तब्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
ताजा खबरJust now

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही

काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

नेपालखबर
म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
ताजा खबरJust now

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते

याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

नेपालन्युज
असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
ताजा खबरJust now

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play