टुँडिखेलमा फूलपाती बढाइँ समारोह सम्पन्न

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा शान्ति र समृद्धिको कामनासहित फूलपाती बढाइँ समारोह सम्पन्न भएको छ । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा विभिन्न बढाइँ, मार्चपास प्रदर्शन तथा गोरखाबाट ल्याइएको फूलपाती प्रदर्शन गरिएको थियो । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, जनप्रतिनिधि, नेपाल सरकारका सचिव, पूर्वप्रधानसेनापति तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । त्यसैगरी, बहालवाला तथा अवकाशप्राप्त सैनिक अधिकारी, काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारण पनि समारोहमा सहभागी भएका थिए । The post टुँडिखेलमा फूलपाती बढाइँ समारोह सम्पन्न appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दसैँका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले विद्युत् प्रणालीको सुरक्षित र भरपर्दो सञ्चालनलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ । प्राधिकरणका ...

मुक्त कमैया बस्तीमा छैन दसैँको उत्साह
सन्तोष दहितदाङ, असोज ३१ गते । देशभर दसैँको रौनक छाएको छ । रोजगारीको सिलसिलामा गाउँबाट सहर, जिल्ला बाहिर र विदेश पुगेका नेपाली घर फर्किन थालेका छन् । गाउँघरमा दसैँको चहलपहल बढेको छ... ...

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक
बागलुङ । बाढीपहिरोले क्षति पुर्याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज भएको छ । यही असोज ९... ...

इरफान पठान पोखराको क्रिकेट एम्बासडर
पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणलाई भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ । ...


