टी-२० क्रिकेटमा राशिदको ऐतिहासिक कीर्तिमान

शारजाह । अफगानिस्तानका स्टार लेग स्पिनर राशिद खानले पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक कीर्तिमान रच्नुभएको छ । उहाँ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २०० विकेट पूरा गर्ने विश्वकै पहिलो बलर बन्नुभएको हो । २८ वर्षीय राशिदले आफ्नो १२१औँ खेलमा यो दुर्लभ माइलस्टोन हासिल गर्नुभएको हो । शारजाहमा बिहीबार जिम्बाब्वेविरुद्ध खेलिएको दोस्रो टी-२० म्याचमा राशिदले जिम्बाब्वेका विकेटकिपर ब्याट्सम्यान तदिवानाशे मारुमानीलाई एलबिडब्लु आउट गर्दै आफ्नो २००औँ विकेट पूरा गर्नुभयो । ऐतिहासिक खेलमा अफगानिस्तानले जिम्बाब्वेलाई १९ रनले पराजित गर्दै तीन खेलको सिरिजमा २-० को अजेय अग्रता बनाएको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल आगामी नोभेम्बर १ मा खेलिनेछ । टी-२० अन्तर्राष्ट्रियमा उहाँको औसत मात्र १३.९६ को रहेको छ भने इकोनोमी रेट ६.१३ को मात्र छ, जुन छोटो फर्म्याटमा कुनै पनि बलरका लागि सपनाजस्तै हो । उहाँको यो उत्कृष्ट करियरमा दुईपटक ५ विकेट लिएको कीर्तिमान पनि समावेश छ, जहाँ उहाँको उत्कृष्ट प्रदर्शन ३ रन दिएर ५ विकेट लिनु रहेको थियो । अन्तर्राष्ट्रिय टी-२० मा सर्वाधिक विकेट लिने शीर्ष ५ बलरहरूको सूचीमा राशिदपछि क्रमशः आदिल रसिद (इंग्ल्याण्ड) : १५३ खेल, १७१ विकेट, एहसान खान (हङकङ) : १११ खेल, १६५ विकेट, इश सोढी (न्युजिल्याण्ड) : १४२ खेल, १६५ विकेट र टिम साउदी (न्युजिल्याण्ड) : १२६ खेल, १६४ विकेट रहेका छन् । भारततर्फबाट टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने रेकर्ड बायाँ हाते तीव्र गतिका बलर अर्शदीप सिंहको नाममा छ । अर्शदीपले १०२ खेलमा १४९ विकेट लिनुभएको छ । एजेन्सी
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

इजरायली विपक्षी गठबन्धनद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव
काठमाडौं । इजरायलको विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न त्यहाँका विपक्षी दलहरू (चेन्ज ब्लक)ले प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्ने कानुन अघि बढाउने विषयमा छलफल थालेका छन् । इजरायली सञ्चारमाध्यम ‘च्यानल १२’ का अनुसार, विपक्षी दलहरूले यस प्रस्तावलाई ‘नेतन्याहू मोडल–२०२१’ को नाम दिएका छन् । सन् २०२१ मार्चमा भएको अनिर्णीत निर्वाचनपछि गठबन्धन सरकार गठनको प्रयास असफल हुँदा तत्कालीन प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि ...

अम्बे स्टिलमा आगलागी हुँदा ८ जना घाइते
विद्युत् सर्ट सर्किटपछि तीन फलाम पगाल्ने भट्टीमा लागेको आगो दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइयो। ...

कर्मचारीले राजीनामा दिने क्रम बढ्दै
काठमाडौँ, कात्तिक १५ गते । पछिल्लो समय निजामती कर्मचारीले राजीनामा दिने क्रम बढ्दै गएको छ । नेपाल सरकारका सचिवदेखि कार्यालय सहयोगीसम्मले राजीनामा दिने क्रम तीव्र बन्दै गएको हो । रा... ...

बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली, नेपालमा प्रभाव नपर्ने
काठमाडौं । बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली विकास भएको छ । त्यो हाल न्यूनचापीय क्षेत्रका रूपमा रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातिर अघि बढ्ने र आज (नोभेम्बर १) मध्याह्नसम्ममा दक्षिण–पश्चिम तथा त्यससँग जोडिएको दक्षिण–पूर्वी बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ । त्यसपछि बिस्तारै त्यो भोलि (नोभेम्बर २) पश्चिम–मध्य बंगालको खाडीमा शक्तिशाली ...


