Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

टाइमको ‘टाइम–१०० क्लाइमेट २०२६’ सूचीमा अर्थमन्त्री डा. वाग्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
टाइमको ‘टाइम–१०० क्लाइमेट २०२६’ सूचीमा अर्थमन्त्री डा. वाग्ले
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वप्रसिद्ध अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको सन् २०२६ का जलवायु नेतृत्वकर्ताको सूचीमा समेटिएका छन् । जलवायु परिवर्तनविरुद्ध व्यावसायिक क्षेत्रमा मापनयोग्य, प्रभावकारी र समतामूलक काम अघि बढाउने १०० जना नेतृत्वकर्ताको सूचीमा वाग्ले पनि परेका हुन् । ‘टाइम–१०० क्लाइमेट २०२६’ शीर्षकको सूचीमा अर्थमन्त्री डा. वाग्लेलाई ‘नेता’ समूहमा राखिएको छ । ‘टाइम’मा प्रकाशित विवरणअनुसार नेपालमा गत अगस्टमा आएको हिमताल विस्फोटपछिको भोटेकोशीको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि वाग्लेले जलवायु परिवर्तनबाट बढी प्रभावित विकासशील मुलुकको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउँदै आएका छन् । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु सङ्कटको असर नेपालजस्ता कमजोर मुलुकले बढी भोग्नुपरेको विषयमा उनले जोड दिएको पत्रिकाले उल्लेख गरेको छ । बाढीपछिको पुनर्निर्माणका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमानसहित वाग्लेले जलवायु क्षति तथा नोक्सानी कोषबाट सहयोगका लागि पहल गरिरहेका छन् । नेपाल सरकारले हरितगृह ग्यास उत्सर्जन गर्ने प्रमुख तीन मुलुक चीन, अमेरिका र भारतसँग जलवायु क्षतिपूर्तिका लागि औपचारिक आग्रहसमेत गरेको विवरणमा उल्लेख छ । संयुक्त राष्ट्रसंघले अक्टोबर २२ मा नेपालका लागि उक्त कोषबाट दुई करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको पनि पत्रिकाले जनाएको छ । यस वर्षको सूचीमा वाग्लेसँगै सामोआकी पूर्वप्रधानमन्त्री फियामे नाओमी माताफा, बेलायतका राजकुमार विलियम, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेन, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा कोप–३१ का नेतृत्वकर्ता मुरात कुरुम र क्रिस बोवेन पनि समेटिएका छन् । त्यस्तै, भारतको महिन्द्रा लास्ट माइल मोबिलिटीकी प्रमुख सुमन मिश्रा, आइबरड्रोला एस्पानाका प्रमुख मारियो रुइज–टाग्ले र चिलीका प्राध्यापक तथा पूर्व यातायातमन्त्री हुआन कार्लोस मुनोज पनि सूचीमा छन्। ‘टाइम’ले पछिल्लो १२ महिनामा जलवायु क्षेत्रमा हासिल गरेका मापनयोग्य तथा दिगो उपलब्धिलाई आधार बनाएर सय जना नेतृत्वकर्ता छनोट गरेको जनाएको छ । सूचीलाई टाइटन्स, लिडर्स, इनोभेटर्स, डिफेन्डर्स र क्याटालिस्ट्स गरी पाँच समूहमा विभाजन गरिएको छ । The post टाइमको ‘टाइम–१०० क्लाइमेट २०२६’ सूचीमा अर्थमन्त्री डा. वाग्ले appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खुल्यो पोखरा–बागलुङ सडक
Latest NewsJust now

खुल्यो पोखरा–बागलुङ सडक

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडक खण्ड साँझदेखि सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालन भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी... ...

रातोपाटी
एनपीएलमा आज : दुई खेलका चार महत्त्वपूर्ण पक्ष
Latest NewsJust now

एनपीएलमा आज : दुई खेलका चार महत्त्वपूर्ण पक्ष

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार भएका दुई खेलले अंक तालिकाको समीकरणलाई थप रोचक बनाएका छन् । लगातार चार खेलमा पराजित हुँदै दबाबमा रहेको पोखरा एभेन्जर्सले कर्णाली... ...

रातोपाटी
काँकडभिट्टा नाकाबाट ९८ करोडको अलैँची निर्यात
Latest NewsJust now

काँकडभिट्टा नाकाबाट ९८ करोडको अलैँची निर्यात

काठमाडौं। काँकडभिट्टा नाकाबाट गत असोज महिनामा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो अवधिमा पाँच लाख ४१ हजार ९४० केजी अलैँची भारततर्फ निर्यात गरिएको हो। अलैँचीका साथै सोही महिनामा अन्य वस्तुहरूको पनि उल्लेख्य निर्यात भएको छ। भन्सार कार्यालयका अनुसार १७ लाख १५ हजार ९३२ केजी चिया ४९ ...

नेपालन्युज
१० बजे १० समाचार : ‘१८ करोड’को अडियोले तरंग, २४सै घण्टा देउसी–भैलो
Latest NewsJust now

१० बजे १० समाचार : ‘१८ करोड’को अडियोले तरंग, २४सै घण्टा देउसी–भैलो

आज २०८३ कात्तिक २३ गते साेमबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ। भारतीय फूलमा कडाइ नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play