काठमाडौं। काँकडभिट्टा नाकाबाट गत असोज महिनामा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो अवधिमा पाँच लाख ४१ हजार ९४० केजी अलैँची भारततर्फ निर्यात गरिएको हो। अलैँचीका साथै सोही महिनामा अन्य वस्तुहरूको पनि उल्लेख्य निर्यात भएको छ। भन्सार कार्यालयका अनुसार १७ लाख १५ हजार ९३२ केजी चिया ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँमा, एक लाख १८ हजार ४४४ केजी प्लाइउड ४४ करोड २३ लाख ४८ हजार रुपैयाँमा र १३ लाख १९ हजार १४० केजी अम्रिसो आठ करोड ९५ लाख ५० हजार रुपैयाँमा निर्यात भएको छ। अलैँची, चिया र प्लाइउड पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा उत्पादन हुने मुख्य निर्यातजन्य वस्तु हुन्। त्यसैगरी, ४६ हजार ७४५ केजी छुर्पी आठ करोड ९५ लाख ३६ हजार रुपैयाँ, २० लाख ८० हजार ७६३ केजी फलामे पाता २९ करोड ८४ लाख ६७ हजार रुपैयाँ र ४८ हजार ३१८ केजी सुकुटी चार करोड ८३ लाख १८ हजार रुपैयाँ मूल्य बराबरको निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
काँकडभिट्टा नाकाबाट ९८ करोडको अलैँची निर्यात

Read Complete Original Article
Published originally on नेपालन्युज






